समस्या पर्दा सेवा नदिने धनगढीका निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्न मेयरको माग

हेल्लो समाचारदाता

धनगढी : धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्ने बताएका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा आज धनगढीमा आयोजित छलफल कार्यक्रममा मेयर वडले यस्तो बताउका हुन्।

विपत्तको समयमा सेवा नदिने अस्पतालहरुको लाईसेन्स खारेज गर्ने विषयमा छलफल केन्द्रित पार्नुपर्ने उनको तर्क थियो। धनगढी क्षेत्रमा रहेका फार्मेसीहरुले समेत सुरक्षाका सामाग्री उपलव्ध नगराएको भन्दै उनीहरुमाथि पनि निगरानी राख्नुपर्ने तर्क उनको थियो।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.