पुनर्वास-८ का अध्यक्ष रानाले गराए नेपाल बाहिरबाट आएका ४५ जनाको कोरोना चेकजाँच

हेल्लो समाचारदाता
पुनर्वास –कोरोनाको त्रास व्यापक फैलिरहदा पुनर्वास नगरपालिका-८ मा भारत र अन्य विभिन्न देशबाट आएका व्यक्तिहरुको वडाध्यक्षको पहलमा स्वास्थ्य चेकजाँच गरिएको छ ।

आईतबार पुनर्वास नगरपालिका-८ को विभिन्न टोलहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितीको टोलिद्वारा बिदेश र भारतबाट अएका करिब ४५ जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।

परिक्षण गर्दै वडाध्यक्ष राना श्रवणले पुनर्वासमै अहिलेसम्म कसैलाई पनि कोरोना भाईरसको लक्षण नदेखिएको र सबै वडाबासीहरुलाई घरभित्रै बसिदिन आग्रह गरेका थिए ।

१ देखि ११ वटै वडामा चेकजाँच गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना भाईरसको लक्षण नदेखिएको पराशन स्वास्थ्य चौकीका ल्याब टेक्निसियन जनक सिंह धामीले जानकारी दिए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.