कोरोना भाईरस : पुनर्वासमा ससुराली भएका धनगढीका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

हेल्लो समाचारदाता

पुनर्वास – चैत ४ गते ग्रीसबाट कतार हुँदै नेपाल पुगेका धनगढी उपमहानगरपालिका-३ का ३४ वर्षीय एकजना व्यक्तिको रिपोर्ट नेगेटिभ देखिएको छ ।

केही दिनदेखि कोरोना भाईरस संक्रमणको त्रासले आतंकित बनेका पुनर्वास-६ ङ – गाउँका बासिन्दाहरु आईतवार साझ रिपोर्ट नेगेटिभ आएपछी सबैलाई खुशी छाएको हो ।

विदेशबाट आएपछि उनी केही दिन ससुराली मै बसेका र ससुराली गाउँकै साथीहरुसंग घुलमिल भएका कारण सबैमा कोरोना भाईरसकै त्रास र रिपोर्टको चिन्ता थियो ।
आफूसंगै जहाजमा आएकि एक युवतीलाई कोरोना भाईरसको पुष्टि भएपछि उनी चैत १२ गते आफै सेती प्रादेशिक अस्पताल धनगढीको क्वारेन्टाइनमा बसेका थिए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.