चिनमा अध्ययनरत बेलौरीका भट्टको अगुवाईमा नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हेल्लो समाचारदाता
बेलौरी – विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि चिनमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

चिनको हानजाउ स्थित जज्याङ युनिभर्सिटीमा अध्ययनरत बेलौरी नगरपालिका-३ खिरियाका मनोज भट्टले आफ्नो अगुवाईमा निशुल्क दुई लाख ६३ हजार बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन ।

विद्यार्थीहरुको सहयोग रकमले २ सय थान पिपिई सेट, २ हजार ७ सय सर्जीकल माक्स र ५० बोतल सेनिटाइजर हस्तान्तरण गरिएको चिनको युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी मनोज भट्टले बताए ।

विद्यार्थी भट्टले यस्तो माहामारी अवस्थामा सबैले आ-आफ्नो क्षेत्रबाट जति सक्दो सहयोग गर्न आवश्यक रहेको बताए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.