कोरोना भाईरसको त्रासमा अपरिचित व्यक्ति रोक्न क्लबका युवा र स्थानीयद्वारा बिचफाटाको मुलबाटो अबरुद्ध

हेल्लो समाचारदाता
पुनर्वास –पुनर्वास नगरपालिका-९ बिचफाटामा परोपकार युवा क्लबका युवाहरु र स्थानीय बासीहरुले अपरिचित व्यक्ति प्रवेश निशेध भन्दै मुल बाटो अबरुद्ध गरेका छन ।

विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस COVID-19 को रोकथामका लागि अनावश्यक आवतजावत र अपरिचित व्यक्तिहरुलाई प्रवेश रोक्न बाटो अवरुद्ध गरेको क्लबका सचिब ईश्वर बुढाले जानकारी दिए ।

बाटो अवरुद्ध मात्र नभई बेलाबेलामा साबुन पानीले हात धुनुपर्ने ,मास्क लगाउनुपर्ने ,घर भित्रै बस्नुपर्ने , बस्ने दुरी कायम राख्नुपर्ने ,भारतबाट आएका व्यक्तिहरुलाई तत्कालै घरमा बस्न निशेध गरि क्वारेन्टाइनमा राख्नुपर्ने जस्ता विषयमा वडाबासीहरुलाई जनचेतना पनि फैलाउदै आएको क्लबका अध्यक्ष चन्द्र बहादुर बोगटीले बताए ।

उनीहरुले समुहगत तरिकाले सिमा नाका र गाउँमा आवतजावत बन्द गर्न सुरक्षा निकाय संग समन्वय गरेर गस्ती गर्दै लकडाउनको पुर्ण पालना गराउदै आएका छन् ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.