नवजीवन सहकारीले चैत मसान्तसम्मको हर्जाना व्याज मिनाहा गर्ने

हेल्लो समाचारदाता

धनगढी : नवजीवन सहकारी संस्था लिमिटेड धनगढीले सहकारीका सम्पूर्ण कर्जा लिएका व्यक्तिहरुलाई चैत मसान्तसम्मको हर्जाना व्याज मिनाहा गर्ने भएको छ ।

साथै भाका नाघेको ऋणको म्याद पनि थप गरिएको सहकारीले जनाएको छ ।कोरोनाको संक्रमण नरोकिएसम्म र स्थिति सहज नभएसम्म सम्पूर्ण कर्जा लिने व्यक्ति तथा फर्मलाई यो सुबिधा प्रदान गरिने सहकारीका उपाध्यक्ष डा.गोविन्दराज जोशीले बताए ।

सहकारीका उपाध्यक्ष जोशीले आज दिउसो सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशी र मेसु डा. हेमराज पाण्डेयलाई कोरोनाको रोकथामका लागि ६ सय थान मास्क र सेनीटाईजर १० पेटी प्रदान गरे ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.