पुनर्वासका नगर प्रमुख थापाद्वारा नगरपालिका भित्रका मजदुरहरुलाई राहत वितरण गर्ने घोषणा

हरिलाल जोशी
पुनर्वास ,१५ चैत ।
विश्वभर फैलिएको कोरोना भाईरसका कारण गरिएको लकडाउनले प्रभावित बनेका पुनर्वासमा दैनिकै ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने वास्तविक मजदुरहरुलाई नगरपालिकाले राहत दिने भएको छ ।

शनिबार पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापाले लकडाउनका कारण साझ बिहान छाक टार्न समस्या भएका मजदुर परिवारलाई राहत दिने घोषणा गर्नुभएको हो ।

नगर प्रमुख थापाले नगरपालिका भित्रका सबै वडाबाट दैनिक ज्याला मजदुरी गर्ने वास्तविक मजदुरहरुको घर परिवारको तथ्यांक संकलन गरेर नगरपालिका कार्यालयमा तत्कालै बुझाउन वडाध्यक्ष तथा वडा समितिहरुलाई निर्देशन गर्नुभएको छ ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.