पुनर्वास नगरपालिकाले गर्‍यो २० शैयाको क्वारेन्टाइन स्थापना

हरिलाल जोशी
पुनर्वास – विश्वभर कोरोना भाईरसको संक्रमण बढी रहदा शनिबार पुनर्वास नगरपालिकामा पनि  २० शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ ।

नगरपालिकाकै केन्द्र बिन्दुमा पर्ने त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा २० शैयाको क्वारेन्टाईन स्थापना गरिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवन राज थापाले बताउनुभयो ।

लकडाउन प्रभावकारी बनाउन नगरपालिकाले सशस्त्र प्रहरीलाई सवारी साधन समेत उपलब्ध गराउनुको साथै सुरक्षाकर्मीलाई मास्क, सेनेटाईजर लगायतका समाग्रीहरु वितरण गरेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.