लकडाउनको समयमा दैनिक आपूर्ति तथा स्वास्थ्यमा समस्या भए खबर गर्न सांसद लामाको आग्रह

हेल्लो समाचारदाता

पुनर्वास ,१५ चैत – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदुरपश्चिम प्रदेशका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य तारा लामा तामाङले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई समस्या परे तत्काल खबर गर्न आग्रह गरेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्यसमेत रहेका तामाङले विश्वव्यापी महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन घरमै बसेर सचेत र जिम्मेवार नागरिकको दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लकडाउन घोषणा गरेको अवस्थामा मतदाताहरुलाई केही समस्या परे आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले जनताका समस्या एक जनप्रतिनिधिको हैसियतले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफूलाई ९८५१०३२४५५मा सम्पर्क गर्न आग्रह गरेका हुन् । साथै उनले विदेशबाट आएकालाई दुई हप्ता क्वारेन्टाइनमा राख्न र स्थानीय सरकारलाई जानकारी दिन आग्रह गरेका छन् । उनले कोभिड-१९ को लक्षण देखिए सिधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । समस्यामा परेका जनताको सहयोग गर्न आफू तयार रहेको सांसद तामाङले बताए ।

उनले यो रोगविरुद्ध लड्नको लागी सरकारले गर्ने तयारीका बारेमा स्थानिय, प्रदेश र केन्द्र सरकारलाई आफ्नो ठाउंबाट दबाव दिइरहेको र आवश्यक तयारीको लागी समेत सुझाएको जानकारी दिए । त्यस्तै उनले दैनिक आपुर्ति वा स्वास्थ्यमा समस्या भए खबर गर्न आग्रह गरेका छन् ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.