फेरि नेपालमा एक जनालाई देखियो कोरोना ,संक्रमितको संख्या पाँच पुग्यो

हेल्लो समाचारदाता

पुनर्वास – नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए। ‘उहाँ चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ। उहाँको अवस्था अहिले सामान्य छ।’

Facebook Comments
Down to post ads-480-38

Comments are closed.