सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि ४० करोडको कोष

१५ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ४० करोड रुपैयाँको कोष स्थापना गरिएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले तीन अस्पतालमा नमुना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र बैतडी अस्पतालमा कोरोना परीक्षणसहितको ल्याबको ब्यवस्था गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए ।
गरिबीको रेखामुनि रहेका, मजदुरी, ज्यालादारी गर्ने व्यक्तिको मापदण्ड बनाई आर्थिक सहायताको प्याकेज प्रदान गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री शाहले बताए ।
सेती प्रादेशिक अस्पताललाई कोरोना उपचार विशेष अस्पतालको रुपमा प्रयोग गर्नेसमेत मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.