कोरानाको औषधि कोईला सम्बन्धि भ्रम फैलाउनेको प्रहरी खोजी गर्दै

धनगढी,१४ चैत । कोरानाको औषधि सम्बन्धि भ्रम फैलाउनेको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
घरको आगँन खन्ने र कोईला निस्कीनछ त्यसको तिलक लगाएर कोरोना संक्रमण हुदैने भन्ने भ्रम फैलाउनेको खोजी भईरहेको प्रहरी जनाएको छ ।
बिहिवार राती ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै खन्नुहोस् र कोईला निस्कन्छ, त्यही कोईलाको तिकक लगाउनुस् , कोरोनाले संक्रमण गर्दैन भन्ने भ्रम एकाएक फैलिएको थियो । यही भ्रमका कारण धेरैले राती नै धमाधम घरआगँन खने र कोईला पाएकाले तिलक लगाए भने केहीले पाएनन् र लगाएनन् पनि ।
शुक्रवार धनगढीका तीर्थराज भट्टल यस्तै जानकारी पए र एक फेसबुक स्टाटस मार्फत आफुले पाएको जानकारी भ्रम हो भन्दै भ्रमको पछि नलागेको बताए । यती खेर कैलालीमा आँगन खनेर कोईला निस्किने र कोरोनाको औषधी हो की भ्रमहो भनेर धेरैलेसामाजिक संजाल मार्फत जिज्ञासा राखीरहेका छन् ।
कैलालीमा मात्र नभई आगँनमा भेटिएको कोईला कोरोनाको औषधी हो भनी सुदूरपश्चिमका पहडी जिल्लाबाट पनि कैलालीमा बसोबास गर्ने धेरैले बताएका छन् । यसै सम्बन्धमा हामीले बिहानै जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतलाई टेलिफोन सम्पर्क गर्यौ यस्तो भ्रमका बिषयमा तपाईलाई के जानकारी छ (स्नेतले बस्नेत सुदूरपत्रलाई भने “यो भ्रम हो , यस्तो भ्रम फैलाउनेको हामीले खोजी गरिरहेका छौ ” । यस्ता भ्रमका पछि नलाग्न जिल्ला प्रहरी कार्यलय कैलालीले अपिल समेत गरेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.