पुनर्वासको मोतिबस्तीमा भारतबाट आएका २१ जनाको स्वास्थ्य परिक्षण

हेल्लो समाचारदाता

पुनर्वास, चैत १३
कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका वार्ड नं.२ माेतीबस्तीमा भारतका विभिन्न ठाउँ हरुबाट काम गरि फर्केका २१ जनाकाे स्वास्थ्य चेकजाँच गरिएकाे छ ।
क्वारेन्टाईन चेक नगरि विभिन्न चाेरी नाकाबाट नेपल भित्रिएका हरूकाे पहिचान गरि तिनिहरूकाे स्वास्थ्य जाँच गरिएकाे वडाध्यक्ष सन्त कुमार चाैधरीले बताए ।
विश्वभरी महामारीका रूपमा फैलिएकाे काेराेना भाईरस नियन्त्रण हाेस भन्ने उद्धेश्यले चेकजाँच गरिएकाे अध्यक्ष बताउछन ।
पुनर्वास २ का वडा अध्यक्ष सन्तकुमार चौधरीको सक्रियतामा २१ जनाकाे स्वास्थ्य चेकजाँच गरीएकाे र तिनिहरूलाई घरमै सुरक्षित बस्न र अरू सँग लसपस नगर्न सल्लाह दिईएकाे छ । स्वास्थ्य चेकजाँच गरिएका मध्य कसैकाेमा पनि एक सय डिग्री फरेनहाईट भन्दा बढी ज्वराे नभेटिएकाे स्वास्थ्यकर्मी जनक धामीले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.