पुनर्वास नगरपालिकाद्वारा कोरोना भाईरसको पुर्व तयारी सम्बन्धमा विपद व्यवस्थापनको आकस्मिक बैठक

हेल्लो समाचारदाता
पुनर्वास ,१३ चैत – विश्वभर कोरोना भाईरस संक्रमण भयावह भइरहदा पुर्व तयारी सम्बन्धमा कन्चनपुरको पुनर्वास नगरपालिकाद्वारा विपद व्यवस्थापनको आकस्मिक बैठक बसेको छ ।

पुनर्वासका अवैध खुल्ला सिमा नाका भएर भारतका विभिन्न क्षेत्रबाट आउने नेपालीहरुको संख्यामा दिनप्रतिदिन वृद्धि भइरहदा सतर्कता अपनाई उनीहरुको विषयमा सम्बन्धित निकायमा जानकारी गराउन नगर प्रमुख जिवनराज थापाले अनुरोध गरेका हुन ।

सांसद तारा लामा तामाङ ,निजामती कर्मचारी ,पुनर्वास नगरपालिकाका जनप्रतिनिधिहरु , स्वास्थ्य निकायका प्रमुखहरु ,दुईवटा सुरक्षा निकायका सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति रहेको सो बैठकबाट नगरपालिका क्षेत्र भित्र भारत लगायत अन्य मुलुकबाट आएकाहरुको लगत संकलन गरि उनिहरुको स्वास्थ्य परिक्षण र परिवालाई निगरानीमा राख्ने , नगरको मध्य भागमा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा क्वारेन्टाइन स्थापना गर्ने , भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लक डाउनलाई नगरका हरेक वडाहरुमा कडाइका साथ लैजाने , नगर भित्र संचालनमा रहेका एम्बुलेन्सलाई तयारी अबस्थामा राख्ने र सरकारले घोषणा गरेको लक डाउन लाई प्रभावकारी बनाउन अनुगमनका लागि नेपाल प्रहरीलाई पिक अप गाडी उपलब्ध गराउने लगायतका ११ ओटा निर्णय उपर छलफल गरिएको थियो ।

पुनर्वास नगरपालिकामा बसेको बैठक मेयर जीवनराज थापाको अध्यक्षतामा सम्पन्न भएको  बैठकबाटै सांसद तारा लामा तामाङ र नगर प्रमुख जिवनराज थापाले श्रोत साधन भाडामा लिएर भएपनि नगर भरी सञ्चालन गर्नुस ईन्धन लगायतको खर्चको व्यवस्था गर्छौ तर लकडाउन उल्लंघन गर्ने जोसुकैलाई पनि भाटे कार्वाही गर्नु भन्दै निर्देशन दिनुभएको थियो ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.