कोरोना भाइरसबाट संक्रमित फ्रान्सबाट आएकी युवतीसँगै आएका सुर्खेतका एक युवक ‘होम क्वारेन्टाइन’मा

हेल्लो समाचारदाता

सुर्खेत – कोरोना भाइरसबाट संक्रमित फ्रान्सबाट आएकी युवतीसँगै आएका सुर्खेतका एक युवक ‘होम क्वारेन्टाइन’मा बसेका छन्।

उनीसँगै हवाई यात्रा गरेका ती युवकलाई होम क्वारेन्टाइनमा राखिएको हो।

हाल टेकु अस्पतालको आइसोलेसनमा रहेकी १९ वर्षीया युवतीसँगै विदेशबाट आएका उनी काठमाडौंबाट नेपालगञ्ज हुँदै सुर्खेत आएका थिए।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।

ती युवक आफैं प्रहरीसमक्ष पुगेको उनका एक जना छिमेकीले बताएका छन्।

Y

Facebook Comments
Down to post ads-480-38

Comments are closed.