सुरक्षा निकाय र पुनर्वास नगरपालिकाद्वारा “लकडाउन” सम्बन्धमा अन्तिम चेतावनी दिदै घर-घरमा माईकिङ

हेल्लो समाचारदाता
पुनर्वास – विश्वभर कोरोना भाईरसको त्रास बढिरहदा सरकारले गरेको “लकडाउन “मा पुनर्वास पनि सुनसान देखिएको छ ।
लकडाउनलाई मध्यनजर गर्दै नगरपालिका ,सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा माईकिङ गर्दै अन्तिम जानकारी गराएको भन्दै  सतर्कता रहन नगरबासीहरुमा अनुरोध गरेका थिए ।

पुनर्वासमा पनि टोलटोलमा प्रहरी ,सशस्त्र प्रहरी र नगरपालिकाबाट अन्तिम चेतावनीका साथ माईकिङ गर्दै सुरक्षा व्यवस्था कडाई गरिएको र अत्यावश्यक काम बाहेक बाटोमा हिड्ने जो कोहिलाई कार्वाहीका साथै लाठी चार्ज गरिने जानकारी गराएको थियो ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.