पुनर्वासमा दोस्रो नगर स्तरीय एवम् नवौ पुनर्वास प्याब्सन फेस्टिबल सुरु

पुनर्वास- कंचनपुरको पुनर्वासमा दोस्रो नगर स्तरीय एवम् नवौ पुनर्वास प्याब्सन फेस्टिबल आजबाट औपचारिक कार्यक्रमका साथ सुरु भएको छ ।
पुनर्वास नगरपालिका-३ आई.बि.आर.डी. स्थित खुल्ला मञ्चमा भएको प्याब्सन फेस्टिबल कार्यक्रमको पुनर्वास नगरपालिकाका नगर प्रमुख थापाले पानसमा दिप प्रज्ज्वलन र ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको हो ।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) पुनर्वास नगर कमिटीको आयोजनामा भएको फेस्टिबल कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै विशिष्ट अतिथीमा सुदुर पश्चिम प्रदेशका सल्लाहकार संयोजक विश्वनाथ बिष्ट रहनुभएको थियो भने अतिथी दिर्घामा नगर शिक्षा समितिका सदस्यद्वोय विष्णुभक्त पौडेल र पदम बहादुर थापा ,पुनर्वास नगरपालिका-३,का वडाध्यक्ष कृष्ण बहादुर तामाङ ,अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार दौलत सिंह महरा ,विभिन्न निजि विद्यालयका प्रमुखहरु आसिन रहनुभएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न अतिथी वक्ताहरुले राज्यको अर्थतन्त्रमा निजि बिद्यालयले पुर्‍याएको योगदानको मुल्यांकन नभएको र राज्यले निजि बिद्यालयलाई सौतेनी व्यवहार देखाएको बताउनुभएको थियो ।

पुनर्वास नगरपालिका अन्तर्गतका सोह्र ओटा बिद्यालयहरुको सहभागीता रहेको सो प्याब्सन फेस्टिबलमा विभिन्न बिद्यालयका विद्यार्थीहरुले नृत्य , विभिन्न शिर्षकमा वक्तृत्वकला आदि प्रस्तुत गरेका थिए ।


वक्तृत्वकलामा प्रथम स्थान खप्तड ईङ्गलिश बोर्डिङ स्कुलका विद्यार्थी सुजल पौडेल ,द्वितीय स्थान बाल रुपान्तर बोर्डिङ स्कुलका विद्यार्थी विनय ढकाल ,तृतीय स्थान दुर्गा बाल माध्यामिक बिद्यालयका विद्यार्थी नर्वदा तिमिल्सिना र सान्त्वना स्थान भानु मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी दिप्ती खडायत र शिदार्थ पब्लिक स्कुलका विद्यार्थी स्टिभ तामाङले प्राप्त गरेका हुन ।

प्याब्सन पुनर्वासका उपाध्यक्ष गिरिराज पाठकको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी,बिशिष्ट अतिथि र अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

भोलि पुनर्वास नगरपालिका-५ भानुबस्तीको भानु युवा क्लबको खेल मैदानमा बिद्यालय स्तरीय सामुहिक दौड र पुनर्वास नगरपालिका-३ स्थित शनिबारे हाट बजार परिसरमा भलिबल लगायतका अन्य खेलहरु सञ्चालन हुने प्याब्सनका सह- सचिब पुष्पराज ओझाले जानकारी दिनुभएको थियो ।

प्याब्सन पुनर्वासका अध्यक्ष बालकृष्ण ढकालको सभाध्यक्षमा भएको फेस्टिबल कार्यक्रमको सञ्चालन प्याब्सन उपसमिती संयोजक हेम बहादुर थापाले गर्नुभएको थियो ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.