पुनर्वासमा खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुनर्वास कन्चनपुरको पुनर्वासमा खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार पुनर्वास उद्योग वाणिज्य संघको सभाहलमा नवगठित नगरस्तरीय पुनर्वास होटल व्यवसायी संघका पदाधीकारीहरुसंग खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी ,कैलालीको आयोजना तथा होटेल ब्यवसायी संघ कंचनपुरको सह-आयोजनामा भएको अन्तर्कृया कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको थियो । भने पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै अतिथीहरुमा पुनर्वास उद्योग वाणिज्य संघका संस्थापक विश्वनाथ बिष्ट ,होटेल व्यवसायी संघ कंचनपुरका महासचिव सुशील कुमार भट्ट ,होटेल व्यवसायी संघ कंचनपुरका कोषाध्यक्ष रामचन्द्र रेग्मी ,होटेल व्यवसायी संघ पुनर्वास नगर संयोजक नरविर मोक्तान लगायतका व्यक्तित्वहरु रहनु भएको थियो । कार्यक्रममा नरविर मोक्तानको संयोजकमा नवगठित नगर कमिटीका पदाधिकारीहरुलाई अविर लगाएर सम्मान पनि गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्नु हुँदै प्रमुख अतिथी नगर प्रमुख जिवनराज थापाले गुणस्तरीय खाद्य बिक्री बितरण गर्न अनुरोध गर्नुभएको थियो ।

उहाँले अखाद्य बस्तुहरु प्रयोग नगर्न र अनुगमन गर्ने क्रममा अखाद्य बस्तु प्रयोग गरिएको भेटिएमा जरिवाना र कार्वाही सामान्य रहेको तर तपाईं र पुनर्वास नगरपालिकाको पनि ईज्जतम दाग लाग्ने बताउनु भयो । होटेल व्यवसायी संघ कंचनपुरका अध्यक्ष परमानन्द भण्डारीको सभाध्यक्षमा भएको कार्यक्रममा खाद्य अनुसन्धान दिपक कुवरको स्वागत मन्तव्य रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.