पुनर्वास नगरपालिकाद्वारा निशुल्क लोकसेवा तयारी कक्षाको आयोजना ,नगर प्रमुख थापाद्वारा उद्घाटन

पुनर्वास – पुनर्वास नगरपालिकाद्वारा आयोजित निशुल्क लोकसेवा तयारी कक्षा प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा उद्घाटन भएको छ ।
आईतवार देखि अनौपचारिक रुपमा सञ्चालित भएको निशुल्क लोकसेवा तयारी कक्षा प्रशिक्षण कार्यक्रम सोमबार औपचारिक रूपमा आयोजना गरि पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको हो ।
पुनर्वास नगरपालिका अन्तर्गतका बेरोजगार युवाहरूलाई लक्षित गर्दै आयोजना गरेको सो निशुल्क लोकसेवा तयारी कक्षा प्रशिक्षण कार्यक्रममा एघार वटा वडाका ६५ जना विद्यार्थीहरुको निवेदन परेपनी ५४ जना मात्रै प्रवेश परिक्षामा सहभागी भएको प्रशासन अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो । प्रवेश परिक्षामा ४४ जना उत्तीर्ण र दस जना वैकल्पिकमा छनौट भएपनि वैकल्पिक दस जना पनि ईच्छुक देखेपछि सबैलाई सहभागी गराएको अधिकृत भट्टले बताउनुभयो ।
पुनर्वास नगरपालिका-५ र  ६  का वडा सचीव रामराज जोशीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट मन्तव्य राख्नुहुदै नगर प्रमुख थापाले पुनर्वासबाटै नगरपालिकामा स्थायी कर्मचारी उत्पादनको लक्ष्य रहेका कारण निशुल्क लोकसेवा तयारी कक्षाको आयोजना गरिएको बताउनुभयो । उहाँले गत वर्ष सञ्चालन गरेको कक्षाले दुई जना आफ्नै नगरपालिकामा कर्मचारी बनेर आउनुभएको र दुई/तीन जना अन्य नगरपालिकामा दरबन्दी भएर जानुभएको जानकारी गराउनुभयो ।
बिहान साढे सात बजेदेखी सुरु हुने तयारी कक्षामा प्रशिक्षकको रुपमा प्रशासन अधिकृत कृष्ण भट्टले सहजीकरण गर्नुभएको छ । पुनर्वास नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेको सभाध्यक्षमा उद्घाटन भएको कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत कृष्ण भट्टले गर्नुभएको थियो ।
Facebook Comments
Down to post ads-480-38

Comments are closed.