पुनर्वास बिद्यार्थी सञ्जालद्वारा यौन हिंसा विरुद्धको बृहत जनचेतना मुलक कार्यक्रम सम्पन्न

हेल्लाे समाचारदाता

पुनर्वास – यौनजन्य हिंसाले देशभर उग्ररूप लिईरहदा बाल यौन हिंसा अन्त्य र बाल हिंसाको सिकारबाट सुरक्षीत रहने बारे पुनर्वास बिद्यार्थी सञ्जालले जनचेतना कार्यक्रम गरेको छ ।

आईतबार पुनर्वास जनता माध्यमिक बिद्यालयको प्राङ्गणमा बृहत कार्यक्रमको आयोजना गर्दै पुनर्वास बिद्यार्थी सञ्जालले विद्यार्थीहरु माझ बाल यौन हिंसा विरुद्ध जनचेतना मुलक कार्यक्रम गरेको हो ।

पुनर्वास नगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा नेपालको राष्ट्रिय च्यानल नेपाल टेलिभिजन (NTV) अन्तर्गतको प्रोमिस प्रोडक्सन्स प्रा.लिद्वारा सञ्चालित खुशीको संसार अन्तर्गतका टिमले नाटक तथा चित्रकला मार्फत विद्यार्थीहरु,अभिभावकहरु र शिक्षकवर्गहरु माझ यौन हिंसा विरुद्धको कार्यक्रम प्रस्तुत गरेका थिए । पुनर्वासका तेह्र ओटा सामुदायिक बिद्यालय र नौ ओटा निजि बिद्यालयका विद्यार्थी र शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमको प्रमुख आतिथ्यमा पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापा रहनुभएको थियो । त्यस्तै अतिथिमा पुनर्वास नगरपालिकाका अधिकृत कृष्ण भट्ट ,ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिंह ,विभिन्न सामुदायिक तथा निजि बिद्यालयका प्रधानाध्यापकहरु आसिन रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्नु हुँदै नगर प्रमुख थापाले यश कार्यक्रमबाट आफ्नो मार्गदर्शनको बिषयमा यौनजन्य घटनाबाट सचेत भइ चेतनशिल हुन विद्यार्थी भाईबहिनीहरुलाई आग्रह गर्नुभएको थियो ।

उहाँले आफ्ना नानीबाबुको क्रियाकलाप प्रती सहि र गलत छुट्याई निगरानी राख्ने दायित्व अभिभावकको भएका कारण शिक्षकहरुमा मात्रै केन्द्रित नहुन सम्पूर्ण अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो। कार्यक्रमको अतिथिबाट पुनर्वास नगरपालिकाका अधिकृत भट्टले यौनजन्य घटनाबाट दुर रहन विद्यार्थी भाईबहिनीहरुलाई अनुरोध गर्नुभएको थियो ।

त्यस्तै अतिथिकै तर्फबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक सिंहले विद्यार्थीहरु र अभिभावकलाई बीस बर्ष नपुगेर बाल बिवाह नगर्न र नगराउन अनुरोध गर्दै ऎन नियम सम्बन्धि जानकारी गराउनुभएको थियो ।

अतिथिकै तर्फबाट बोल्नुहुदै खुशीको संसार कार्यक्रमका संयोजक जय नेपालीले सुदुरपश्चिममा पहिलो कार्यक्रम पुनर्वासमा गर्न पाँउदा निकै खुशी भएको बताउनुभयो ।

कार्यक्रममा सभाध्यक्षको तर्फबाट रुपेश बिकले समाजमा हुने घटनाहरु निराकरण तर्फ निरन्तर लाग्दै आएको र आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्दै समाजका विकृती र विसङ्गतीलाई निराकरण गर्नमा अग्रसर हुने बताउनुभयो । कार्यक्रम गर्नु भन्दा अगाडि पुनर्वास बहिरा बिद्यालयका विद्यार्थीहरुलाई पनि चित्रकला मार्फत साङ्केतिक भाषामा जनचेतना दिईएको थियो ।

पुनर्वास विद्यार्थी सन्जालका अध्यक्ष रुपेश बिश्वकर्माको सभाध्यक्ष तथा पुनर्वास जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य सचीव हिमेश थापाले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.