पुनर्वासमा मोटरसाइकल पोलमा ठोक्किएर एक जनाको मृत्यु

तारा महता
पुनर्वास ,२ फागुन – कंचनपुरको पुनर्वास नगरपालिका-१० दोदा पुल नजिकै चकमेली बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहिवार राती करिब ११ बजेतिर धनगढीबाट पुनर्वास नगरपालिका-१ ढक्का ससुराली जाने क्रममा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-११ बेला घर भएका वर्ष २५ का शिवराज राना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।

आफैले चलाएको से.६ प. १७११ नम्बरको टिभिएस कम्पनीको अपाची मोटरसाइकल पोलमा ठोक्किएर गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरी निरीक्षक सिहले बताए ।

प्रहरी निरीक्षक सिंहका अनुसार मृतक राना नेपाली सेनाका जवान हुन् भने यहि माघ २६ गते मात्रै पुनर्वासको ढक्काबाट माघी विवाह गरेपछि बिदामा रहेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.