पुनर्वास नगरपालिकामा तीन दिने वन व्यवस्थापन तालीम सुरु

हेल्लो समाचारदाता
पुनर्वास – पुनर्वास नगरपालिकाको आयोजनामा  तीन दिने वन व्यवस्थापन तालीम सुरु भएको छ ।
शुक्रबार  देखि वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद जैसीको अध्यक्षतामा पुनर्वास नगरपालिकाको सभाहलमा  तीन दिने तालीम सुरु भएको हो ।

सव-डिभिजन वन कार्यालय पचकडियाको संयोजकत्वमा भएको तालिममा  बन ऐन २०७६ र वैज्ञानिक वन ,निजि बन व्यवस्थापन सम्बन्धि विषयवस्तुहरुमा आधारित कुराहरुलाई प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

तालिममा कुण्डा सव-डिभिजन कार्यालय मातहतमा रहेका निजि वन र सामुदायिक वनका प्रतिनिधिहरुका साथै पुनर्वास नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र पत्रकारहरुको उल्लेख्य सहभागीता रहेकोे  थियोे ।

फागुन ४ गते सम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा रहनुभएका    सव-डिभिजन वन कार्यालय पचकडियाका बन अधिकृत  दिनेश कुमार यादव र  वन प्राविधिक सत्यनारायण महतो रहनुभएको थियो ।

वन वातावरण तथा जैविक विविधताको संरक्षण गर्ने, वन पैदावारमा कमि ल्याउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सव-डिभिजन वन कार्यालय पचकडियाका बन अधिकृत  दिनेश कुमार यादवले जानकारी दिनुभयो  ।
प्रशिक्षणकै क्रममा सहभागीहरुलाई  भोलि पुनर्वासमा रहेको नमूना सामुदायिक वन र हिमचुली सामुदायिक वनमा लगि  व्यवहारिक ज्ञान दिईने प्रशिक्षक सत्यनारायण महतोले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.