पुनर्वासमा प्रहरीद्वारा भारतीय माउन्टेन डिउ बरामद गरि नष्ट

हेल्लो समाचारदाता
पुनर्वास – अबैध रुपमा ल्याउदै गरेको नेपाल सरकारबाट  प्रतिबन्धित  भारतीय माउन्टेन डिउ प्रहरीले बरामद गरि नष्ट गरेको छ ।

शुक्रबार बिहान भारतीय बजार बसहीबाट ल्याउदै गरेको  तेह्र पेटी माउन्टेन डिउ पुनर्वास नगरपालिका-४ घ-गाउँबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद गरिएको करिब बाह्र हजार मूल्य बराबरको माउन्टेन डिउ पत्रकार ,उद्योग वाणिज्य संघका अध्यक्ष ,ब्यपारी र स्थानीय बुद्धिजीवीको रहोबरमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको परिसरमा नष्ट गरिएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.