लालझाडीको चान्देव बजार नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

हेल्लो समाचारदाता

कञ्चनपुर, ०१ फागुन । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव बजार नजिकै बस र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बेलौरीबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ८७१९ नम्बरको बस र म १ प १७६४ नम्बरको मोटरसाइकल बिहीबार बिहान एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार बेलडाँडीको भुर्सा घर भई ढक्का शिविर बस्ने अन्दाजी ४० वर्षीय पदम चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो । बस र चालकलाई भने प्रहरी नियन्त्रणमा लिइएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.