सहिद परिवारलाई सम्मान गर्दै पुनर्वासमा मनाईयो सहिद स्मृति दिवस

हेल्लो समाचारदाता
पुनर्वास – देशभरी विभिन्न कार्यक्रम गरि २५ औं शहिद स्मिृति दिवस मनाईरहँदा कञ्चनपुरको पुनर्वासमा पनि शहिद स्मिृति दिवस मनाएको छ ।
देशको आमुल परिवर्तनका लागि आफ्नो ज्यान बलिदानी दिनुहुने विर शहिदहरुको सम्झनामा बिहिबार पुनर्वास नगरपालिका–२ मोतिबस्ती स्थित शहिद स्मिृति भवनमा शहिद परिवारहरुलाई सम्मान गर्दै २५ औं शहिद स्मिृति दिवस मनाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्वास नगर कमिटिको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपाका केन्द्रिय सदस्य तथा पूर्व जनसंख्या वातावरण मन्त्री लालबहादुर विश्वकर्मा रहनुभएको थयो । भने अतिथि दिर्घामा नेकपाका सुदुरपश्चिम प्रदेश सदस्य रामचन्द्र नेपाल , नेकपाका सुदुरपश्चिम प्रदेश सदस्य रमेश थापा ,नेकपा पुनर्वासका नगर ईन्चार्ज ईस्त्री प्रसाद घिमिरे ,सुदुरपश्चिम क्षेत्रिय संयोजक आर.पी. सार्की ,शहिद परिवार रिता बि.क.,नेकपाका नेता रामबहादुर देवकर,नेकपाका नेता लक्ष्मण कुमाल ,पुनर्वास–९ का वडा अध्यक्ष नारायण प्रसाद जैशी ,पुनर्वास–१० का वडा अध्यक्ष सुकदेव राना लगायतका विभिन्न व्यक्तित्वहरु आसिन रहनुभएको थियो ।
पुनर्वास नगरपालिका–२ का वडा अध्यक्ष सन्तकुमार चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रममा उपस्थित विभिन्न नेतागणहरुले देशमा गणतन्त्र र लोकतन्त्र स्थापना गर्न गरेको योग्दान र बलिदानीको विषयमा आ–आफ्ना सान्दर्भिक भनाईहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहिद परिवारलाई अविर लगाएर दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


कार्यक्रममा बहाई समुदायले आफूलाई पुनर्वास नगरपालिकाले उपलब्ध गराएको दश थान प्लाष्टिक कुर्चीहरु शहिद स्मृति भवनलाई सोही कार्यक्रममा हस्तान्तरण गरेको हो । त्यस्तै नेकपा पुनर्वास नगरकमिटिका सदस्य लक्ष्मण कुमाल, नेकपाका सुदुरपश्चिम प्रदेश सदस्य रमेश थापा,नेकपाका कञ्चनपुर जिल्ला अध्यक्ष रमेश थापा लगायतले पनि प्लाष्टिकका कुर्चीहरु शहिद भवनलाई हस्तान्तरण गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुनर्वास नगर कमिटि अध्यक्ष पदम बहादुर पुजाराको सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन नेकपा पुनर्वासका नगर कमिटिका गंगा तामाङले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.