पुनर्वास मेयर कप फुटबल : बेलौरीलाई हराउँदै पुनर्वास निलो फाईनलमा प्रवेश

हेल्लो समाचारदाता
पुनर्वास, फागुन ०१
कंचनपुरको पुनर्वास नगरपालिकामा सञ्चालित प्रथम मेयर कप फुटबल प्रतियोगितामा बेलौरीलाई हराउँदै पुनर्वास नगरपालिका (निलो) टिम फाईनलमा प्रवेश गरेको छ ।

पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को विहीवार भएको पहिलो सेमिफाईनलमा छिमेकी टोली बेलौरी नगरपालिकालाई हराउँदै आयोजक पुर्नवास नगरपालिका फाईनल पुगेको हो ।

पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा विहीवार भएको पहिलो सेमिफाईनल खेलमा पुर्नवास नगरपालिका निलोले वेलौरी नगरपालिकालाई ३–१ गोल अन्तरले हरायो । पुर्नवासले पहिलो हाफको १८ औं मिनेटमा खेलमा अग्रता लियो । घरेलु मैदानमा घरेलु दर्शकको साथ पाएको पुर्नवासका लागि विशाल बोहराले हेडबाट गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको आयोजक टोलीले दोस्रो हाफमा थप दुई गोल थप्यो ।
दोस्रो हाफको ८ औं मिनेटमा पुर्नवासका लागि विशाल बोहराले व्यक्तिगत दोस्रो गोल थपे । दोस्रो हाफकै १८ औं मिनेटमा सुदिप तामाङले पुर्नवासका लागि गोल गर्दै आयोजक टीमलाई ३–० को स्थितिमा पुराए । दोस्रो हाफको २६ औं मिनेटमा बेलौरीले एक गोल फर्कायो । बेलौरीका लागि दिपेन्द्र शाहीले गोल गर्दै गोल अन्तर घटाए । खेलको अन्त्यतिर बेलौरीले खेलमा फर्किन धेरै प्रयास गरेपनि गोल गर्न नसकेपछि घरेलु टोली ३–१ को जित दर्ता गर्दै फाईनल पुगेको हो । खेलमा दुई गोल गरेका पुर्नवास निलोका विशाल बोहरा म्यान अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे ।


फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको शुक्रवार दोस्रो सेमिफाइृनल खेल हुनेछ । दोस्रो सेमिफाईनलमा गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका प्रतिस्पर्धा गर्ने प्रतियोगिताका मिडिया संयोजक भरत वोहोराले जानकारी दिनुभयो ।

दोस्रो सेमिफाईनलको विजेताले आयोजक पुर्नवास नगरपालिका निलोसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वित्तीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।
प्रतियोगितामा कैलाली कञ्चनपुर र बर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका थिए । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.