दुई महिना देखि वेपत्ता डोटीका गर्वे भुलको खोजी गरिदिन परिवारको आग्रह

हेल्लो समाचारदाता
पुनर्वास –नेपालबाट रोजगारीको शिलशिलामा भारतको महाराष्ट्र चेन्नई जान लागेका सुदुरपश्चिमका एक जना ६० वर्षीया वृद्ध वेपत्ता भएका छन् ।

डोटीको सायल गाउँपालिका-२ तोलेनी घर भएका वृद्ध गर्वे भुल विगत दुई महिना देखि वेपत्ता रहेको सुदुर पश्चिम दलित एकता समाज भारतको आन्ध्रा प्रदेश तिरुपती राज्य समितिका अध्यक्ष श्याम सुन्दर विश्वकर्माले जानकारी दिए ।

हराएको दुई महिना वितिसक्दा पनि कहि कतै सम्पर्कमा नआएपछी अहिले घरपरिवार तथा आफन्तमा रुवाबासी चलेको छ ।

कैलाली-कंचनपुरको भारतीय नाका गौरीफण्टाबाट बसमा बसेर दिल्ली पुगेका गर्वे भुल दिल्लीबाट रेलमा चढेको उनीसंगका सहकर्मी साथीहरुले जानकारी दिए । त्यसपछि उनी माहाराष्ट्रको नागपुर देखि दोस्रो स्टेशनमा हराएको उनका ज्वाइँ कमल भुषालले बताए ।

भारतको महाराष्ट्र चेन्नई जान लागेका भुल मंसिर २१ गते अर्थात डिसेम्बर ७ तारिखका दिन हराएका थिए ।

त्यतिबेला हराएका भुलको घरपरिवार,आफन्तजन लगायत भारतमा सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाले खोजी गर्दा कतै पत्ता नलागेको र कहि कतै देख्नु र सुन्नु भएमा खोजी गरि सम्पर्क गरिदिन हुन उनका ज्वाइँ कमल भुषालले आग्रह गरेका छन।

गर्वे भुललाई कहिं कतै देख्नुभएमा निम्न नम्बरहरुमा सम्पर्क गरिदिनु हुन अनुरोध गरेका छन
मोबाइल नं. ००९१ ८०५६४९६०१५ / ००९१७३५८२४२०३५ /+९१७०९११४०९५ श्यामसुन्दर विश्वकर्मा

Facebook Comments
Down to post ads-480-38

Comments are closed.