डोटी प्रादेशिक महोत्सव भोलीबाट सुरु ,सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा उद्घाटन गरिने

हेल्लो समाचारदाता

डोटी-डोटी चेम्वर अफ कमर्शको आयोजनामा फागुन १ देखि १३ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल भम्रण बर्ष २०२० लाई लक्षित गर्दै आयोजना हुन लागेको महोत्सवकाे घेरवार तथा मन्च निर्माण कार्य सम्पन्न भएको चेम्वरका अध्यक्ष खगेन्द्र वहादुर साउदले बताए। हरेक वर्ष दिपालयको पिपल्ला क्षेत्रमा महोत्सब लगाउदै आएकोमा यस बर्ष स्थान परिवर्तन गरिएको छ।

यस बर्ष नेपाल भम्रण वर्ष समेत चलिरहेकाले ऐतिहासिक धरोहरको रुपमा रहेको दिल्पेश्वर मठ क्षेत्रलाई लक्षित गर्दै महोत्सब लगाईने भएको हो। महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अध्यक्ष साउदले जानकारी दिए।

गत वर्ष चेम्वरले आयोजना गरेको महोत्सवमा मुख्य आकर्षकका रुपमा हेलिकप्टर ल्याईएको भए पनि यस वर्षको मुख्य आकर्षक प्यारागराईडिङ रहेको आयोजकले जनाएको छ। दिपायलको तिखा क्षेत्रबाट प्यारागराईडिङ उडाईने छ। प्यारागराईडिङ बाट दिपायल, सिलगढी, सेती नदिको दृष्य अबलोकन गर्न सकिने छ।

महोत्सबको अरु आकर्षणको रुपमा सेती नदीमा ¥याप्टीङ, डोटीका स्थानिय परिकार, रमाईलो मेला, स्थानिय झाँकी, घरेलु उत्पादन प्रर्दशनी र विक्रि वितरण, कृषि प्रर्दशनी रहने चेम्वरका सचिब तेज डुम्रेलले जानकारी दिए।महोत्सब अबधिमा १ करोड भन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनको भनाइ छ। महोत्सबको उद्धघाटन सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.