निलम्बित प्रबन्धकलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश, संस्थाले मुद्धामै सक्यो साँढे ६ लाख

हरिलाल जोशी
पुनर्वास, २६ माघ ।
सहकारीको सोह्र लाख दुई हजार रकम हिनामिना गरेको आरोपमा निलम्बन गरिएकी प्रबन्धकको सर्वोच्च अदालतले पुनर्वहालीको फैसला गरेको छ ।
पुनर्वास नगरपालका–५ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीमा वि.स. २०६२ साल मंसिर १ गतेदेखि संस्थाको प्रबन्धकको रुपमा कार्यरत रहनुभएकी उमा भुषाललाई लागेको आर्थिक हिनामिना आरोप सत्य नभएको भन्दै सर्वोच्चले अन्तिम फैसला गरि सोहि पदमा पुनर्वहाली गर्न आदेश दिएको हो ।
वि.सं. २०६९ साल असार १२ गते बसेको सञ्चालक समितिको निर्णयानुसार आफुलाई आर्थिक हिनामिनाको आरोप र हिनामिना रकम श्रावण १० गते भित्र २५ प्रतिशत व्याजदरमा असुलउपर गर्ने निर्णय गरेको थियो । सो निर्णय गरिसकेपछि उनलाई श्रावण १५ गते संस्थाबाट निलम्बन गरिएको प्रबन्धक भुषालले बताउनुभयो ।
निलम्बनमा परेपछि न्यायका लागि आफु जिल्ला अदालत गएको तर त्यहाँ आफुले न्याय नपाएपछि सर्वोच्चमा जाँदा न्यायोचित तरिकाले आफुप्रतिको आरोपको सुनुवाई गरी फैसला भएको बताउनुभयो ।
प्रबन्धक भुषालका अनुसार आफुले सहकारीको रकम हिनामिना नगरेको तर साना किसान विकास बैंकबाट संस्थालाई प्रदान गरिएको थोक कर्जाबाट शेयर सदस्यहरुलाई नियम, प्रकृया पु¥याई खुद्रा लगानी गरेको रकमलाई तत्कालीन सञ्चालक समितिले हिनामिनाको आरोप लगाएको बताउनुभयो ।
तर यता संस्थाकी वर्तमान अध्यक्ष शोभा सुयलले त्यसबेलाको समयमा शेयर सदस्यहरुले माग गरेको ऋणमा सदस्यलाई नै जानकारी नदिई आफु खुशी सोहि माग फाराममा थप ऋण माग गरी रकम हिनामिना गरेको संस्थासँग प्रष्ट लिखित प्रमाण र ती सेयर सदस्यहरु छन् भनि मौखिक जानकारी गरेपनि आन्तरिक पत्र र तमसुक जस्ता प्रमाणहरु देखाउनुस भन्दा आठ, नौ वर्ष भइसक्यो कता के छ खोज्नुपर्छ, समितिका ब्यक्तीसँग सल्लाह नै गरेको छैन भन्दै अप्ठ्यारो पर्छ कि भन्दै आलटाल गरी समाचार नछापिदिन आग्रह समेत गर्नुभएको थियो ।
अध्यक्ष सुयल र प्रबन्धक चापागाईंको प्रमाण दिन आनाकानी गर्नुले निलम्बित प्रबन्धक भुषाल निर्दाेष भएको थप प्रष्ट हुन्छ ।
वि.सं. २०७५ भदौ २४ गते सर्वोच्चले अन्तिम फैसला गरी सोहि पदमा पुनर्वहाली गर्न संस्थालाई दिएको आदेश पत्र २०७६ कार्तिक महिनामा संस्थालाई प्राप्त भएको संस्थाकी अध्यक्ष शोभा सुयलले जानकारी दिनुभयो ।
“फैसला पत्र प्राप्त भएपनि माघ ८ गते मात्रै निलम्बित प्रबन्धक भुषालले आफ्नो अहिलेसम्मको सेवा सुविधा र हाजिरी पुनर्वहाली गर्न भनि संस्थामा निवेदन आयो ।” –अध्यक्ष सुयलले भन्नुभयो : “त्यसपछि माघ १९ गते सञ्चालक समितिको बैठक बसेर सर्वोच्चको फैसला आदेश पत्रको पालना गर्दै हाजिरी लगाउन दिने निर्णय ग¥यौं ।”
संस्थाको निर्णय पश्चात प्रबन्धक भुषाल माघ २० र २१ गते कार्यालयमा हाजिरी हुनुभयो । तर हाजिरी भएको दुई दिनमै शेयर सदस्यहरुले उहाँलाई हाजिरी गर्न दिएको भन्दै २१ गते दिउँसो करिब एक बजे कार्यालयमा तालाबन्दी गरेका थिए । शेयर सदस्यहरुको मागको विषयमा केहि दिनमै विशेष छलफल गर्ने भनिएपछि जनप्रतिनिधि, प्रहरी, सञ्चालक समिति र शेयर सदस्यहरुको उपस्थितिमा बुधबार ताला खोलिएको थियो ।
ताला खोलिए पनि प्रबन्धक भुषाल चर्को विवादले बनेको वातावरण असहजका कारण कार्यालयमा हाजिरी लगाउन असमर्थ हुनुभएको छ ।
नेपालको कर्मचारी सेवा शर्त नियमावली २०७३ को दफा ३२ को उपदफा २ अनुसार सफाई भई निलम्बन फुकुवा भएमा कर्मचारीले निलम्बनमा रहेको अवधीभरको तलबभत्ता पाउने नियम रहेको छ ।
वि.सं २०६९ साल असार महिनामा सहकारीको रकम हिनामिनाको आरोपमा तत्कालीन सञ्चालक समितिकी अध्यक्ष लक्ष्मी जि.सी. लगायतको समितिले संस्थाकी प्रवन्धक उमा भुषाललाई पदबाट निलम्बन गरेका थिए । निलम्बन पछि प्रबन्धक उमा भुषालको प्रतिवादीबाट जिल्ला अदालतदेखि सर्वोच्च अदालत सम्मको मुद्घामा संस्थाले साँढे छ लाख रकम खर्च भएको संस्थाकी वर्तमान प्रबन्धक कल्पना चापागाईले जानकारी दिनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.