एकैदिनमा प्रहरीले ब्राउन सुगर ,लाखौंका ब्रोईलर कुखुरा सहित अवैध मालसामान बरामद

हरिलाल जोशी
पुनर्वास, २६ माघ ।
कंचनपुरको दक्षिणी क्षेत्रमा अवैध गतिविधिहरुले स्थान ओगटीरहदा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आफ्नो सक्रियता बढाएको छ ।
आईतबार मात्रै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट गस्तीमा खटिएको प्रहरी टोलीले विभिन्न समयमा फरक फरक स्थानबाट ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ भने तीन क्विन्टल अवैध ब्रोईलर कुखुरा ,हरियो मटर र साडी सहितको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
आईतबार राती साढे दस बजेको समयमा से ५ प ७०५० नम्बरको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका ७ का २४ वर्षिय अनिल जंग खडका र गोदावरी नगरपालिका २ का २५ वर्षिय गणेश महरा लाई लालझाडी गाउँपालिका वडा नम्बर १ बिनावारीबाट ५ ग्राम ब्राउन सुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै सोही राती करिब साढे बाह्र बजेको समयमा लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गाबाट करिब साढे तीन क्विन्टल भारतीय अवैध ब्रोईलर कुखुरा सहितको दुईवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
आइतबार दिउँसो भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएको १ सय २५ थान साडी र एक क्विन्टल सुकेको केराउ बरामद गरी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको प्रहरी निरीक्षक सिंहले बताए ।
गत आर्थिक वर्ष ०७५ र०७६ मा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लागुऔषध ओसारपसार लागू औषध नियन्त्रणमा प्रहरीले सकृयता बढाए पछि पुनर्वासमा लागुऔषध ओसारपसारका ११ मुद्दामा २३ जना पक्राउ गरेको थियो भने चालू आर्थिक वर्ष २०७६ र०७७ को सात महिनाको अवधीमा लागूऔषध ओसारपसारका ७ मुद्दामा १८ जना पक्राउ गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक सिंहले बताए ।
आईतबार राती पक्राउ परेका दुवै जना विरुद्ध सोमबार लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरि म्याद थप गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बेलौरीले पनि आईतबार राती साढे एघार बजेको समयमा करिब तीन क्विन्टल ब्रोईलर कुखुरा बेलौरी नगरपालिका९६ स्थित भुराकोट सडक छेउमा छोडेर फरार भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
केही समयदेखी ईलाका प्रहरी कार्यालय बेलौरीले अबैध सामानमा निगरानी बढाएसंगै तस्करीमा केही कमी आएको छ ।
बरामद ब्रोईलर कुखुरा पशु क्वारेन्टाइन बेलौरीका प्रतिनिधि ,पत्रकार ,स्थानीय बुद्धिजीवीको रहोवरमा नष्ट गरिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.