पुनर्वासमा सञ्चालित मेयर कप फुटबलमा आयोजक पुनर्वास नगरपालिका र गोदावरी नगरपालिका विजयी

हेल्लो समाचारदाता

पुनर्वास, माघ २६
कञ्चनपुरको पुनर्वासमा शनिवारदेखि सुरु भएको मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आईतवारदेखि प्रतियोगिताका खेलहरु सुरु भएका छन् । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ मा आयोजक पुर्नवास नगरपालिकाको निलो टीम र गोदावरी नगरपालिका विजयी भएका छन् । आईतवार भएको पहिलो खेलमा आयोजक पुर्नवास नगरपालिका निलोले कृष्णपुर नगरपालिकालाई २–१ ले हरायो । पुर्नवास निलोका लागि पहिलो हाफको ५ औं मिनेटमा पहिलो गोल गरे । पहिलो हाफको ३२ औं मिनेटमा कृष्णपुरका मनोज चौधरीले गोल फर्काउँदै खेल वरावरीमा पुराए । दोस्रो हाफको २ औं मिनेटमा पुर्नवासका लागि रुपेश तामाङले गोल गर्दै आयोजक टीमले अग्रता कायम गर्यो । त्यसपछि गोल हुन नसकेपछि पुर्नवास २–१ ले विजयी हुँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
आईतवार भएको दोस्रो खेलमा गोदावरी नगरपालिकाले वोराडाँडी गाउँपालिकालाई ४–१ ले हरायो । पहिलो हाफको ५ मिनेटमै गोदावरीका अशोक चौधरीले गोल गरेर आफ्नो टीमलाई अग्रता दिए । पहिलो हाफको २४ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टीमको अग्रता २–० बनाए । दोस्रो हाफको ६ मिनेटमा अशोकले गोल गर्दै ह्याट्रिक पुरा गरे । वेल्डाडी गाउँपालिकका लागि दोस्रो हाफको १३ औं मिनेटमा विवेक रोकायाले गोल फर्काए । दोस्रो हाफको १९ औं मिनेटमा गोदावरीका लागि नरेन्द्र चौधरीले गोल गर्दै आफ्नो टीमलाई ४–१ को सानदार जित दर्ता गराए ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा वेलौरी नगरपालिका र कैलारी गाउँपालिका तथा दोस्रो खेलमा पुर्नवास नगरपालिका रातो र लालझाडी गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन भईरहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.