नागरिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः धोखे राना चयन

संस्थाका अध्यक्ष धोखे रानाको सभापतित्व, प्रदेश सभा सदस्य तथा नेकपा सुदुरपश्चिम सचेतक तारालामा तामाङको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथिको आसनमा नेकपा कञ्चनपुर अध्यक्ष वीर बहादुर थापा(पाताल), केन्द्रिय दुग्ध सहकारी संस्थाका संचालक समिति सदस्य भरत बिष्ट, जनता ब.क्याम्पस टाउनका अध्यक्ष रामचन्द्र नेपाल हुनुहुन्थ्यो । अतिथिको आसनमा नेपाली कांग्रेस नगर सभापति याम प्रसाद पौडेल, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो ।

प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै प्रदेश सभा सदस्य माननीय तारालामा तामाङले सरकारले छिट्टै सहकारी ऐन ल्याउन लागेको र ऐन आइसकेपछि सहकारीहरु अझै व्यवस्थित हुने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सहकारीहरु जहिले पनि आफ्नो शेयर सदस्यहरुप्रती उत्तरदायी हुनुपर्ने तथा सरकारले सहकारीहरुलाई मर्ज गरि थोरै संख्यामा सिमित गर्ने तर राम्रो सहकारी बनाउने नीति लिएको जानकारी गराउनुभयो । कार्यक्रममा संस्थाको वार्षिक आयव्यय विवरण संस्थाका अध्यक्ष धोखे रानाले पढेर सुनाउनु भएको थियोे । कार्यक्रमलाई संस्थाका व्यवस्थापक तिर्थराज रानाले सञ्चालन गर्नुभएको थियोे ।

संस्थाको नयाँ नेतृत्वको नामावली यसप्रकार रहेको छ ।

अध्यक्ष : धोखे राना
उपाध्यक्ष : तारा कुमारी राना
सचिव : राज कुमार राना
सहसचिव : मिश्रीलाल राना
कोषाध्यक्ष : सुभाषचन्द्र राना
सदस्य : रामविलास राना
सदस्य : रामदुलारे राना
सदस्य : सम्झना राना
सदस्य : धन बहादुर राना
सदस्य : भोगाराम राना
सदस्य: अमरसिंह राना

Facebook Comments
Down to post ads-480-38

Comments are closed.