पुनर्वासको सिमरीमा रानाथारु जातीले मनाए दिपावली एवम् शुभकामना कार्यक्रम

हरिलाल जोशी
पुनर्वास – देशभरिमै पिछडिएका राना थारु जाती आदिवासी जनजातीको सुचीमा सुचिकृत भएपछि राना आज थारु समुदायमा हर्षोल्लास छाएको छ ।

माघ २० गते बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुरुप आज बिहिवार राना थारु जाती आदिवासी जनजातीको सुचीमा सुचिकृत भएपछि देशभरीका राना थारुहरुले भव्य रुपमा दिपावली एवम् शुभकामना कार्यक्रम मनाईरहेका छन् ।

तस्वीरमा एक आपसमा अबिर दलेर खुशियाली मनाउदै वडाध्यक्ष राना श्रवण

त्यस्तै कंचनपुरको पुनर्वास नगरपालिका अन्तर्गत बसोबास गर्ने रानाथारुहरुले पुनपा-५, सिमरी स्थित भिमसेन मन्दिर परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मैनबत्ती बालेर दिप प्रज्ज्वलन गरि दिपावली एवम् शुभकामना कार्यक्रम मनाएका हुन् ।

राना थारु उत्थान समन्वय मञ्च पुनर्वासको आयोजनामा भएको सो कार्यक्रममा पुनर्वास नगरपालिका ७,८ र १० का अध्यक्षहरु क्रमशः रामदुलारे राना , राना श्रवण र शुकदेव रानाको विशिष्ट आतिथ्य रहेको थियो ।

थारु समन्वय समितिका सल्लाहकार फुल्लन रानाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा खुशियालीका साथ बैण्ड बाजा बजाएर नाच गान गरेका थिए ।

विशिष्ट अतिथीको तर्फबाट पुनर्वास नगरपालिका-१० का अध्यक्ष शुकदेव रानाले रानाथारुहरुलाई नेपाल सरकारले आदिबासी जनजातिमा सुचिकृत गरेकोमा निकै खुशी भएको बताउनुभयो । विगतका दिनमा जे जस्तो भएपनी आगामी दिनमा सरकारबाट पाउने सेवा सुविधा बाट रानाथारु बञ्चित नहुने कुरामा बिश्वस्त रहेको बताउदै उहाँले माननीय नारदमुनी राना , माननीय मालामति राना ,पुर्व माननीय प्यारालाल राना लगायतका रानाथारुका अगुवा नेतागणहरुलाई विशेष धन्यवाद दिनुभयो ।

विशिष्ट अतिथिकै तर्फबाट पुनर्वास नगरपालिका-८ का अध्यक्ष राना श्रवणले परापुर्वकाल देखिको रानाथारुहरुको मागहरु सरकारले अहिले आएर सम्बोधन गरेकोमा निकै खुशी भएको बताउनुभयो ।
शिक्षा अभावका कारण पिछडिएको रानाथारु समुदायहरुलाइ सरकारले शिक्षाको महत्त्वबारे पाठ सिकाएको बताउनुभयो । उहाँले आगामी रानाथारुका पिढिहरुलाई समाजमा पिछडिएर हैन समुदायको अगुवाइ गरेर अगाडि लैजान तिर उन्मुख हुनुपर्ने बताउनुभयो । आउने दिनहरुमा अन्य समुदायको झै थारु समुदायको विशेष पर्व होलीमा स्थानीय देखि संघिय सरकारले सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथिबाटै पुनर्वास नगरपालिका-७ का अध्यक्ष रामदुलारे रानाले लामो संघर्ष पश्चात् रानाथारुको एजेन्डालाई सुनुवाइ गरेकोमा खुशी हुँदै सरकारलाई धन्यवाद दिनुभयो ।

राना थारु उत्थान समन्वय मञ्च पुनर्वासका अध्यक्ष धोखे रानाको सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य तिर्थराज रानाले गर्नुभएको थियो ।

कार्यक्रममा खुशियाली मनाउन उपस्थित रानाथारुहरु
Facebook Comments
Down to post ads-480-38

Comments are closed.