बेलौरीमा प्रहरीद्वारा सय क्युफिट काठको गोलिया बरामद

हेल्लो समाचारदाता 

बेलौरी- कंचनपुरको बेलौरी नगरपालिका ६ र ७ को बिचमा पर्ने हात्तिबोझा स्याली खोला नजिकबाट बेवारिसे अवस्थामा सालको गोलिया बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा रहेको अन्दाजी एक सय क्युफिट सालको गोलिया बरामद गरेको हो ।

एक लाख सोह्र हजार पाँच सय अनुमानित मूल्य रहेको सो काठको गोलिया जिल्ला बन कार्यालय कंचनपुरमा पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.