ब्लड क्यान्सरले मृत्यु भएकी अंकिता तामाङको परिवारलाई आर्थिक सहयोग

हेल्लो समाचारदाता
पुनर्वास – ब्लड क्यान्सरले मृत्यु भएकी पुनर्वास नगरपालिका-६ स्थित ङ-गाउँ घर भएकी अङ्किता तामाङको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

उपचारको क्रममा रहेकी चौध वर्षीया बालिका अङ्किता तामाङको माघ १२ गते बिहान साढे पाँच बजेतिर भक्तपुर मेडिकल कलेजमा मृत्युु भएको हो ।

ब्लड क्यान्सरका कारण सिकार बनेकी अंकिताको परिवारलाई मंगलबार कैलालीको टिकापुरका पन्ध्र ओटा मण्डलीका पास्टरहरु र विजय गालिल चर्च अरनिकोबस्तीका सदस्य प्रसाद मिजारको पहलमा साउदी अरबबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

टिकापुरका पास्टरहरु मृतक अंकिताको घरमै पुगेर नगद २७ हजार एक सय पच्पन्न रुपैयाँ आर्थिक सहयोग गरेका थिए । त्यस्तै विजय गालिल चर्च अरनिकोबस्तीका सदस्य प्रसाद मिजारको पहलमा साउदी अरबबाट संकलन गरेको ४४ हजार छ सय बाईस रुपैयाँ प्रसादकी श्रीमती राममाया मिजार र विजय गालिल चर्च अरनिकोबस्तीका पास्टर राजकुमार तामाङले सो सहयोग रकम मृतक अंकिताका बुवा समशेर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

आर्थिक सहयोग गर्दै उपस्थित विभिन्न मण्डलीका पास्टरहरुद्वारा परमेश्वर येशुले शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति र सहायता प्रदान गर्नुहोला भन्दै प्रार्थना गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.