पुनर्वास उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कृष्ण बहादुर तामाङ चयन

हेल्लो समाचारदाता
पुनर्वास – निजि व्यसायीहरुको छाता संगठन पुनर्वास उद्योग वाणिज्य संघको तेश्राे वार्षिक साधारणसभा बाट पुनः कृष्ण बहादुर तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

बुधबार सम्पन्न संघको साधारण सभाबाट तत्कालै नयाँ कार्यसमिति चयन हुन नसक्दा विशेष छलफल र सहमतिका आधारमा सोमबार कृष्ण बहादुर तामाङको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

संघको नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजन श्रेष्ठ ,उद्योग उपाध्यक्षमा सुर्य मोहन बिश्वकर्मा ,वाणिज्य उपाध्यक्षमा खेमराज लामिछाने ,महासचिवमा लक्ष्मण थापा ,सचिवमा मित्र लामा ,कोषाध्यक्षमा रमेशकुमार बिश्वकर्मा चयन भएका थिए भने सदस्यहरुमा लक्ष्मी लम्साल ,खडक थापा,मोलाम तामाङ र देवि भट्ट चयन भएका हुन ।

नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई सोमबार नै प्रमुख निर्वाचन आयुक्त कर्णबहादुर बुढाले सपथ ग्रहण गराएका थिए । त्यस्तै सुदुरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले उनीहरुलाई प्रमाणपत्र पनि प्रदान गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.