काठमाडौ पुगेका पुनर्वासका युवा सामाजिक अभियान्ता रुपेशद्वारा संकलन गरेको आर्थिक  रकम ब्लड क्यान्सर पीडित झरनाका बुवालाई हस्तान्तरण

हेल्लो समाचारदाता
पुनर्वास – पुनर्वासकि पाँच वर्षीया ब्लड क्यान्सर पीडित झरना बोगटीको स्वास्थ्य अवस्था बारे बुझ्न् र उपचारका लागि संकलन गरेको आर्थिक  रकम हस्तान्तरण गर्न पुनर्वासका एक जना  युवा सामाजिक अभियान्ता काठ्माण्डौ पुगेका छन् ।

सोमबार काठमाडौको कान्ति बाल हस्पिटलमा पुगेका पुनर्वासका  युवा सामाजिक अभियान्ता रुपेश बिश्वकर्माले उपचारको क्रममा रहेकी पाँच वर्षीया ब्लड क्यान्सर पीडित झरना बोगटीलाई भेटेर संकलन भएको आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

विदेशलाई कर्म थलो बनाउदै आएका युवाहरुले उपचारमा  केही राहत  होस भन्ने उद्देश्यले  संकलन गरि पठाएको रकम  ३७ हजार एक सय रुपैयाँ झरना बोगटीका बुबा बिरु बोगटीलाई हस्तान्तरण गरेका थिए ।

बिगत दुई महिना देखि ब्लड क्यान्सर जस्तो प्राण घातक रोगबाट ग्रसित भै  काठमाडौको कान्ति बाल अस्पताल महाराजगञ्जमा उपचारार्थ रहेकी पुनर्वास नगरपालिका-८ सुकुम्बासी टोलकी पाँच  वर्षिया झरना बोगटीको  स्वास्थ अवस्थामा धेरै  सुधार भै सकेको हुँदा  करिब ९ महिना सम्म अस्पतालको निगरानी राखेर उपचार गर्नु पर्ने र ९ महिना पछी घरको निगरानीमा राखी ४ वर्ष सम्म महिना महिनामा अस्पतालमा चेकजाचका लागि उपस्थिति हुने पर्ने कान्तिबाल अस्पतालका बालबिषेशज्ञले जानकारी दिए ।

डाक्टरका अनुसार  ७० प्रतिशत भन्दा बढी मात्रामा ब्लड क्यान्सर निको हुने पनि जानकारी दिए ।

ब्लड क्यानसर पीडित झरनाका बुवाले छोरीको ज्यान बचाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि मेरी छोरी झरनाको उपचारका लागि सहयोग गरि जीवन रक्षा गरिदिन अपिल गरेका छन ।

       ” सहयोग र जानकारीका लागी ”
९८०४६०६०६१  बिरु बोगटी (झरनाका बुबा)
९८०५७४४१४६ /९८६२५६३५५० रुपेश बि.क (सामाजिक अभियान्ता)
९८१२७४८८४८/९८०६४६३६०६ – पुष्प राज ओझा( प्रीन्सिपल  झरना अध्यय न स्कुल)
९८०६४५६०२६ हरिलाल जोशी -पत्रकार( हेल्लो पुनर्वास)

सामाजिक अभियान्ता -रुपेश बि.क
IMO +9779805744146
what’s App +9779805744146
Viber +9779862563550
twitter @Rupeshbk
E-mail rupeshbk1625@gmail.com

Facebook Comments
Down to post ads-480-38

Comments are closed.