बेलौरीमा लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागीता प्रवर्द्धन विषयक अन्तर्कृया कार्यक्रम सुरु

हेल्लो समाचारदाता

बेलौरी – बेलौरी नगरपालिको महिला तथा बालबालिका शाखाको आयोजनामा हिजो आइतबार देखि लैङ्गिक हिंसा निवारण सम्बन्धि  दुईदिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । बेलौरी नगरपालिकाका जननिर्वाचित वडा सदस्यहरूका लागि सो कार्यक्रम  आयोजना गरिएको हो । सो कार्यक्रम आज सम्म चल्नेछ ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा  सम्बोधन गर्दै उपप्रमुख चित्र कुमारी चौधरीले लैंङ्गिक  हिंसाका अधिकांश घटनाहरूमा महिला नै पीडित देखिने गरेको बताउनुहुँदै हाल सम्म पनि समाजका हरेक क्षेत्रमा महिला नै पीडित हुनु विडम्बना भएकी बताउनुभयो । बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आइतबार देखि लैंगिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवर्द्धनका लागि वडासदस्यहरूसंग नगरस्तरीय अन्तरक्रिया कार्यक्रम शुरु भएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो । बढ्दै गरेका हिंसात्मक गतिविधिलाई न्युनीकरण गर्न जनचेतना आवश्यक रहेकोले जनप्रतिनिधिहरूसंग त्यस सम्बन्धी अन्तरक्रिया गरिएको बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाका संयोजक बिमला बजगाईँले बताउनु भयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.