दुर्घटनाको उच्च सम्भावना देखेपछि बिद्यालय जाने घुम्तीमा जेब्रा क्रसिङ्ग निर्माण

हेल्लो समाचारदाता
पुनर्वास – देशभर उच्च दुर्घटना भइरहदा कंचनपुरको पुनर्वासमा विद्यार्थीहरु र युवाहरुको एक समूहले मुख्य सडकबाट बिद्यालय जाने घुम्तीमा जेब्रा क्रसिङ्ग निर्माण गरेका छन ।

सोमबार पुनर्वास-६ स्थित जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिभुवनबस्तीका नेपाल जनपद प्रहरी र नेपाल ट्राफिक प्रहरीहरुसंग सहकार्य गरेर मुख्य सडकबाट बिद्यालय जाने घुम्तीमा जेब्रा क्रसिङ्ग निर्माण गरेका हुन् ।

 

बिद्यालय क्षेत्र नजिक उच्च गतिमा गुड्ने सवारी साधनहरुले बिद्यालय जाने विद्यार्थीहरुलाई बाटो काट्दा समस्या हुने भएपछी विद्यार्थीहरु नरेश थापा ,मान बहादुर रोकाया ,हिमेश थापा ,विवेक चन्द र युवा नेता नन्दराज जोशी लगायतको नेतृत्व रहेको एक समूहले आर्थिक संकलन गरेर जेब्रा क्रसिङ्ग निर्माण गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.