पुनर्वासको बिचफाँटामा हात्तीको डरले छाडेको घरमा सशस्त्र प्रहरीको बिओपी स्थापना

हरिलाल जोशी
पुनर्वास – वर्षौ देखि भारतीय विस्तारवादका कारण नेपाली भूमि अतिक्रमणको चपेटामा रहेको कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ स्थित बिचफाँटाका बीर बहादुर सुनारको घरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्युनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेडक्वाटर शैलेश्वरी गणले बिचफाटामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको हो ।

बिचफाँटा बिओपीको प्रमुखको रुपमा सशस्त्र प्रहरी निरीक्षक हरेन्द्र खडकाले जिम्मेबारी पाएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेडक्वाटर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीर बहादुर शाहुले कञ्चनपुरमा स्वीकृत भएका १० बिओपी मध्ये बिचफाँटामा पनि बिओपी स्थापना गरिएको बताए ।

उनका अनुसार अहिले अस्थायी रुपमा स्थानीयकै घरमा सशस्त्र प्रहरी बसेका छन् । ‘यो केही महिनाका लागि मात्रै हो, हाम्रो भवन बनेपछि उतै सर्छन, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘स्थानीयले हामीलाई अर्को विकल्प नहुन्जेल केही समयका लागि मात्रै निःशुल्क घर उपलब्ध गराएका हुन् ।’

सीमाको सुरक्षा सम्वेदनशिल र महत्वपूर्ण जिम्मेबारी सशस्त्र प्रहरीको काँधमा आएकाले त्यसलाई आफ्नो स्रोत साधनले भ्याएसम्म पुरा गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

उनका अनुसार भारतसंग सीमा जोडिएको कञ्चनपुरका दश स्थानमा सशस्त्र प्रहरी बलका बिओपी स्थापना गरिने छन् । यस अघि पुर्नवास नगरपालिका ४ गोबिन्द बजारमा बिओपी स्थापना भएको छ । स्थानीयको माग, जिल्ला सुरक्षा समितिले गरेको सिफारिसका आधारमा कञ्चनपुरका सीमावर्ती गाउँमा बिओपी स्थापना भईरहेका छन् । अब पुर्नवासकै डोकेबजार, खड्डाकंकड, बेलौरीको पचुँई, महाकाली नगरपालिका दुई स्थान र भीमदत्त नगरपालिकाको एक स्थानमा थप बिओपी स्थापना हुने छन् । हाल कञ्चनपुरमा ६ स्थानमा सशस्त्र प्रहरीका बिओपी स्थापना भएका छन् । भने बाँकी स्थानमा समेत स्थापनाका लागि प्रकृया शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक शाहुले बताए ।सिमाक्षेत्रमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहुले जानकारी दिनुभयो । उहाँका अनुसार भारतसंग सीमा जोडिएका कञ्चनपुरका जम्मा १३ स्थानमा बिओपी रहने गरी काम भइरहेको छ । हालसम्म ६ स्थानमा बिओपी स्थापना भइसकेको उहाँले बताउनुभयो ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपाका सचेतक तारालामा तामाङ्गले बिओपी स्थापनासंगै नेपाली भूमी सुरक्षित हुने आशा व्यक्त गर्नुभयो । ‘हामी एक एन्च भूमि कसैले लिदैनौँ, आफ्नो पनि छोड्दैनौँ, ‘उनले भने, ‘यही प्रण अनुरुप हामी अघि बढ्नुपर्छ ।’ बिओपी स्थापनाका लागि प्रदेशका तर्फबाट आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।

पुर्नवास नगरपालिकाका मेयर जिवन राज थापाले पुर्नवासको विचफाँटामा स्थापना हुने बिओपीलाई आवश्यक सहयोग गर्ने बचन दिए ।

उनले भौतिक पुर्वाधार र जमिन उपलब्ध गराउने बताए । बिओपी राख्नका लागि नगरपालिकामा जनप्रतिनिधी आएसंगै पहिलो बैठकबाटै सशस्त्र प्रहरी राख्ने निर्ण गरिएको बताए । ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्न हामी थुप्रै पटक डेलिगेशन जानु परेको थियो, ‘नगर प्रमुख थापाले भने, ‘सीमामा हाम्रो उपस्थिति नहुँदा सीमा अतिक्रमण लगायत थुप्रै अपराध हुन्थ्ये, अब रोकिने आशा गरेको छु ।’

पुर्नवास नगरपालिकाकी उप प्रमुख शारदा विष्टले बिओपी स्थापना सगै सीमा सुरक्षाका लागि चेलिबेटी बेचबिखनबाट जोगिने आशा व्यक्त गरिन् । उनले मानव तस्करीका समेत सशस्त्रले ध्यान दिनुपर्नेमा जोड दिईन् ।
पुर्नवास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी राख्नका लागि वडाबाट सिफारिस भएको बताए । अध्यक्ष जैसीले तत्काल स्थानीयको घरमा बिओपी राखिएपनि जनजागरण सामुदायिक वनबाट जमिन उपलब्ध गराएर स्थायी रुपमा बिओपीको संरचना निर्माण हुने बताए । वडाध्यक्ष जैसीले स्थानीय जनताको माग र सरकारले आवश्यकता बुझेर विचफाँटामा बिओपी स्थापना गरेसंगै सीमा अतिक्रमण रोकिने आशा व्यक्त गरेका छन् । स्थानीय कुवेर नाथले सीमावर्ती गाउँमा सशस्त्र प्रहरी बसेसंगै सुरक्षाको अनूभूति भएको बताए ।

‘पहिले भारतीय गुण्डा, चोरहरुले हाम्रो घरको पिठो चामल खोसेर लग्थे, ‘उनले विगतको घटनाक्रम स्मरण गराउँदै भने, ‘अब हामी र हाम्रो मातृभूमीको सुरक्षा हुन्छ ।’

सीमा अतिक्रमणसंगै जंगली जनावर हात्तीबाट जोगिनका लागि समेत स्थानीयलाई राहत पुग्ने उनको भनाई छ । सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशमा प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गोबिन्द क्षेत्रीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति नहुँदा सीमा अतिक्रमण लगायत सीमा अपराध बढ्दै गएकाले त्यसलाई मध्यनजर गर्दै सरकारले बिओपी स्थापनाका लागि तदारुकता देखाएको बताए । बिओपीले सीमा सुरक्षा, गस्ती, सीमा अपराध न्यूनिरण, सीमा क्षेत्रमा आउने विवाद हल गर्नका लागि भारतीय सीमा सुरक्षा बल(एसएसपी)संग समन्वय गरेर समाधान गर्ने स्थानीय जनताको सुरक्षामा अहोरात्र खटिने बताए ।

आज भन्दा ६ बर्ष अघि बिचफाँटामा हात्तीले आतंक गरेपछि हात्तीको त्रासले बीर बहादुरको परिवारले घर छाडेका थिए ।

सीमाबर्ती बस्ती सहित नेपालको जनजागरण समुदायिक वनको छेउ र भारतीय दुधुवा नेशनल पार्क नजिकै रहेको बीर बहादुरको घर हात्तीकै त्रासका कारण केही बर्ष बाँझो रह्यो । अहिले उनको परिवारले हात्तीको त्रासले त्यहाँ खेतीपाती मात्रै गर्दै आएका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.