सडक किनारामा रोपेका बिरुवाहरुको अवस्था बारे बुझ्दै राडा नेपालका पदाधिकारीहरु

हेल्लो समाचारदाता

पुनर्वास –ग्रामीण जागरण विकास संघ (राडा नेपाल)ले केही समय अघि सडक किनारामा रोपेका बोट बिरुवाहरुको समितिका पदाधिकारीहरुले निरिक्षण गरेका छन् ।

बिहिवार समितिका अध्यक्ष राजेन्द्र सिंह धामी,सचीव रुपेश खरेल ,स्थानीय समाजसेवीहरु  प्रेम थापा ,कृष्ण रेग्मी र  सोमराज बरालले बोट बिरुवाहरुको अवस्था बारे निरीक्षण गरेका हुन ।

निरिक्षणका क्रममा उहाँहरुले पुनर्वास नगरपालिका-६ स्थित प्रतिभानगर बजार क्षेत्रमा बोट बिरुवा संरक्षणका लागि लगाएका फलामका घेरबार जालीहरु हुर्केका बोटहरुबाट निकाल्दै आएका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.