शिक्षक भर्ना विवाद प्रकरण : पुनः परीक्षा र समिती विघटन गर्ने सहमति पछि चार दिनमा बल्ल खुल्यो ताला

हरिलाल जोशी
पुनर्वास, ८ पौष ।
शिक्षक भर्नामा पारदर्शिता नभएको भन्दै स्थानीय र विद्यार्थीहरुले पुनर्वास नगरपालिका-११ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्रशासनमा आईतवार लगाएको ताला सहमति पछि बल्ल खुलेको छ ।
बुधबार शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय बुद्धिजीवी, विद्यार्थी, जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको सहभागिता रहेको बैठकले पुनः परीक्षा गरिने सहमति गरेपछि विद्यालयमा लगाइएको ताला खुलेको हो ।


बुधबार विद्यालयको प्राङ्गणमा बसेको सो भेलाबाट पुनः परीक्षा गरिने निर्णय गर्नुका साथै परीक्षा पारदर्शी ढंगले नगरेको आरोप लागेको विद्यालय व्यवस्थापन समितिलाई पनि विघटन गरेको छ ।
विघटन गरिएको विद्यालय व्यवस्थापन समिति एक महिना भित्रै स्थानीय कार्यविधि अनुसार नयाँ कार्यसमिति पुनर्गठन गर्ने र परीक्षा मिति तय गरी परीक्षा सञ्चालन गरिने वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले जानकारी दिए ।
सो विद्यालयमा आधारभूत तह अङ्ग्रेजी विषयको रिक्त रहेको अनुदान कोटामा शिक्षक परिपूर्ति गर्न माघ ४ गते पुनर्वास नगरपालिका कार्यालयमा गरिएको परीक्षामा पुनर्वास नगरपालिका-५ कि दिपा जोशीको नाम छनौट भएपछी विवाद चुलिएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.