पुनर्वासमा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मन्त्री भट्टद्वारा उद्घाटन

हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वासमा दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

मंगलबार पुनर्वास पुग्नुभएकी सुदुर पश्चिम प्रदेशका उधोग ,बन तथा वातावरण पर्यटन मन्त्री माया भट्टले दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पानसमा बत्ति बालेर र ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको हो ।

 

सुदुर पश्चिम प्रदेशका उधोग ,बन तथा वातावरण पर्यटन मन्त्री माननीय माया भट्टको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख शारदा बिष्ट धामीको विशिष्ट अतिथ्यता रहेको कार्यक्रममा विभिन्न तह तप्काका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

पुनर्वास नगर खेलकुद बिकासका सदस्य तथा दोस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक खडक बिक्रम थापाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा उपस्थित विभिन्न ब्यक्तित्वहरुले सान्दर्भिक मन्तव्य रहेको थियो ।

प्रमुख अतिथिको तर्फबाट बोल्नु हुँदै मन्त्री भट्टले स्वच्छ रुपमा प्रतिस्पर्धा गरेर खेलको बिजेता बन्न बिद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो ।यश क्षेत्रको पर्यटन बिकास नै नगरपालिकाका बिकास हुने हुँदा पर्यटन विकासमा सबैलाई लाग्न अनुरोध गर्दै प्रदेशबाट पर्यटन विकासका लागि आफुले पनि पहल गरि सहयोग गर्ने बताउनुभयो ।

सभाध्यक्षको तर्फबाट बोल्नुहुदै नगर प्रमुख तथा नगर खेलकुद बिकास समितिका संयोजक जिवनराज थापाले पुनर्वासको खेलकुद विकास र पर्यटन विकासमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने भन्दै मन्त्री भट्टको ध्यानाकर्षण गराउनुभएको थियो ।

पुनर्वास नगरपालिका अन्तर्गतका २३ ओटा निजि तथा सामुदायिक बिधालयहरुको सहभागिता रहेको सो दोस्रो नगर स्तरिय तथा बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि आठ लाख बजेट बिनियोजित गरिएको छ ।
प्रतियोगिता माघ ७ गतेबाट सुरु भइ माघ ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ज्याम्लिन थ्रो ,सटपट ,लङजम्प ,हाईजम्प ,लामो तथा छोटो दुरिको दौड ,भलिबल ,कबड्डी र मार्सल आर्ट्स जस्ता खेलहरु खेलाइने सचिवालय संयोजक भरत बोहराले जानकारी दिनुभयो ।

पुनर्वास नगर खेलकुद बिकास समितिका संयोजक तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको सभाध्यक्षमा भएको कार्यक्रमको संचालन नगर खेलकुद बिकासका सचिव लालमन तामाङले गर्नुभएको थियो ।

प्रतियोगिता पुनर्वास-६ स्थित पुनर्वास जनता माध्यामिक बिधालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.