शिक्षक भर्नामा पारदर्शिता नभएको भन्दै बिधालय प्रशासनमा लगाएको तालाबन्दी अझै खुल्न सकेन

हेल्लो समाचारदाता
पुनर्वास ,६ माघ –शनिबार पुनर्वास नगरपालिकामा लिएको शिक्षक छनौटको लिखित परिक्षा पारदर्शी नभएको भन्दै स्थानीय र विद्यार्थीहरुले आईतवार बिधालयको प्रशासनमा लगाएको ताला सोमबार पनि खुल्न सकेको छैन ।

पुनर्वास नगरपालिका-११ स्थित राष्ट्रिय माध्यामिक बिधालयमा आधारभुत तह अङ्ग्रेजी बिषयको रिक्त रहेको अनुदान कोटामा शिक्षक परिपुर्ति गर्न गरिएको परिक्षा पारदर्शी नभएका कारण पुनः परिक्षा गरिनुपर्ने माग राख्दै बिधालय प्रशासनमा तालाबन्दी गरिएको थियो ।

सोमबार बिधालयको प्राङ्गणमा ब्यवस्थापन ,अभिभावक र विद्यार्थीहरु बसेको आम भेलामा पुनर्वास नगरपालिकाका नगर प्रमुखको उपस्थिति नभए पछि  भेला निष्कर्ष बिहिन बनेको स्थानीय भुपेन्द्र अधिकारीले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.