जेष्ठ नागरिक र एकल महिलालाई सम्मान स्वरुप कम्बल बितरण

हेल्लो समाचारदाता
पुनर्वास , माघ, ०६
अत्याधिक चिसो बढेपछि पुर्नवास नगरपालिका वडा नम्बर १० वडा कार्यालयले जेष्ठ नागरिक र एकल महिलालाई सम्मान स्वरुप न्यानो कपडा (कम्बल ) वितरण गरेको छ ।

चिसो संगै शितलहर बढेपछि कष्टकर बनेको सर्वसाधारणको दैनिकीलाई ध्यानमा राखी नगरपालिकाको वडा नम्बर १० ले असी बर्ष भन्दा माथीका जेष्ठ नागरिक र एकल महिलाको सम्मान स्वरुप न्यानो कपडा (कम्बल ) बितरण गरेको हो ।

एक सय दस वर्षकि वृद्धालाई दोसल्लाले सम्मानित गर्नु हुँदै नगर प्रमुख र उपप्रमुख

न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दे पुर्नवास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले नगरपालिकामा बसोबास गर्ने वडा नबर १० का बिपन्न परिवारका स्थानीय, जेष्ठ नागरिक र एकल महिलालाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख शारदा बिष्टले वृद्धहरू परीवार र समाजको वाटो देखाउने पथप्रदर्शक भएकाले यस अवस्थामा उनिहरूलाई परीवारले सम्मान र स्याहारमा ध्यान पुर्‍याउन सके समाजले फाईदा लिन सक्ने बताउनुभयो ।

पाँचौ नगर सभाबाट पारित गरिए आर्थिक वर्ष २०७६/०७७ को विनयोजित रकम एक लाख पास गरि कार्यक्रममा ८० बर्ष माथिका ३४ जना जेष्ठ नागरिकलाई कम्बल र १ सय २० जना एकल महिलाहरुलाई न्यानो सल ओढाएर सम्मान गरिएको वडा नम्बर १० का अध्यक्ष सुकदेब रानाले बताउनु भयो ।


पुनर्वास नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष सुकदेव रानाले यश वडा भित्र रहेका जेष्ठ नागरिक एकल महिलालाई हौसला दिन विभिन्न कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।

सोही कार्यक्रममा पुनर्वास नगरपालिकाको सहयोगमा सञ्चालित तीन महिने सिलाई कटाइ तालिम प्राप्त गरेका महिलाहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

पुनर्वास नगरपालिका-१० का वडाध्यक्ष शुकदेव रानाको सभाध्यक्ष रहेको कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य तथा पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्ट धामीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । भने कार्यक्रमको संचालन वडा सदस्य पदमराज उपाध्यायले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.