शिक्षक भर्नामा पारदर्शी नभएको भन्दै स्थानीयद्वारा विद्यालयमा तालाबन्दी

हेल्लो समाचारदाता
पुनर्वास, ६ पौष । 
शिक्षक भर्नामा पारदर्शी नभएको र पुनः परीक्षा गर्नुपर्ने माग राख्दै पुनर्वास नगरपालिका–११ अमरबस्ती स्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्रशासनमा तालाबन्दी गरेका छन् ।
शनिबार पुनर्वास नगरपालिकामा लिएको शिक्षक छनौटको लिखित परीक्षा पारदर्शी नभएको भन्दै स्थानीय र विद्यार्थीहरुले विद्यालयको प्रशासनमा तालाबन्दी गरेका हुन् ।
केही समयदेखि सो विद्यालयमा आधारभूत तह अङ्ग्रेजी अनुदान कोटामा शिक्षक दरबन्दी रिक्त रहेको थियो ।
रिक्त कोटा परिपूर्तिका लागि विद्यालयले पहिलो पटक श्रावण ३२ गते करार शिक्षकका लागि शिक्षक दर्खास्तका लागि पत्रपत्रिकामा सूचना आव्हान गरिएको थियो । त्यसपछि भदौ २५ गते दोस्रो पटक ७ दिने सूचना आव्हान गरिएसँगै विद्यालयमा आठ जनाको रीतपूर्बक दर्खास्त निवेदन परेको थियो । निवेदन परिसकेपछि समितिले परीक्षाको मिति तय गर्न नसक्दा असोज ८ गते विद्यालय व्यवस्थापन समितिको बैठक स्थगित भएको विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले जानकारी दिए ।
असोज ८ गते बैठक स्थगित पछि पौष २५ गते विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी सहित बसेको बैठकले माघ ४ गते लिखित परीक्षा गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक पाण्डेले बताए पनि स्थानियहरुले परीक्षा मिति तय गर्न विद्यालयमा दुई तीन जना पदाधिकारीहरुको बैठक बसेको र बाँकी पदाधिकारीहरुको घर–घरमा गएर दस्तखत गरेर कोरम पु¥याएको आरोप लगाएका छन्, तर स्थानीयले लगाएको आरोप सत्य नभएको प्रधानाध्यापक पाण्डेले जिकिर गरे ।

विद्यालय प्रशासनमा लगाइएको ताला

पुनर्वास शिक्षा शाखाका विद्यालय निरीक्षक शिवराज भट्टसँग बुझ्दा परीक्षामा कुनै पनि छलकपट नभएको बताए । “परीक्षा एकदमै पारदर्शी छ ।” उनले भने, –“शिक्षा समन्वय ईकाईले खटाएका विषय विज्ञहरुसँगको साटगाँठ भए आफू अनविज्ञ छु ।”
सो पदका लागि विद्यालयमा आठ जनाको दर्खास्त परेपनि परीक्षामा तीन जना मात्रै सहभागि थिए भने बाँकी आवेदकहरु अनुपस्थित रहेका थिए ।
“सूचना प्रकाशित हुनु अघिदेखि दीपा जोशी आउँदै हुनुहुन्छ भनेर विभिन्न चोक चौतारा, होटेल र विद्यालयमा चर्चा चल्नु अनि उनैलाई राखिने पक्का पक्की हुने देखिएपछि आफुहरुले परीक्षा बहिष्कार गरेको ।” आवेदक रमेश सिंहले हेल्लो पुनर्वाससँगको कुराकानीमा बताए ।
त्यस्तै स्थानीय भूपेन्द्र अधिकारीले आठ जनाको सहभागीबाट पुनर्वासको ग गाउँकी दीपा जोशीलाई राजनीतिक पक्षको दबाबबाटै शिक्षकमा नियुक्ति गर्न खोजेको बताएका छन् । “विद्यालयमा राजनीतिक दवाकै कारणले शिक्षक नियुक्ति गरेको देखिएपछि तालाबन्दी गरेका हौ ।” उनले भने,– “पुनः निष्पक्ष रूपमा परीक्षा सञ्चालन नगरिए तालाबन्दी मात्रै होईन सशक्त रूपमा आन्दोलन पनि गर्छौं ।”
शनिबार शिक्षा शाखा पुनर्वासमा लिएको परीक्षामा पुनर्वास नगरपालिका–५ कि दीपा जोशी कै नाम सूचना पार्टीमा टास भएपछि स्थानीयहरुले बिरोधसँगै विद्यालयमा तालाबन्दी गरेका हन् ।
विद्यालय प्रशासनमा लगाएको ताला सोमबार नगरप्रमुख, स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुको बैठक बसेर सहमति भएपछि मात्रै खुल्ने जानकारी प्राप्त भएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.