बेलौरी प्रहरीको पाँच महिने सफलता : एक कार आठ मोटरसाइकल भन्सार चलान

हरिलाल जोशी 

बेलौरी ,०५ माघ । सवारी चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय बेलौरीले पाँच महिनाको अवधिमा चोरीका आठ मोटरसाइकल कैलाली भन्सार चलान गरेको छ ।

 

यातायात व्यवस्था कार्यालय सेती र महाकालीबाट चोरीका भएको प्रमाणित गरि पत्र आएपछि आइतबार विभिन्न कम्पनीका आठ ओटा मोटरसाइकल भन्सार चलान गरेको प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो ।

 

 

 

ईलाका प्रहरी कार्यालय बेलौरीले से.१ प.४३४४ नम्बर राखिएको १५० सिसी पल्सर मोटरसाइकल ,से.२ प.२०६५ नम्बर राखिएको १५० सिसी होण्डा साइन ,से.१प.१२९४ नम्बर राखिएको अपाची मोटरसाइकल, से.३ प.२२८३ नम्बर राखिएको १५० सिसी पल्सर मोटरसाइकल ,से.५ प.६८७४नम्बर राखिएको १०० सिसी टि.डी. मोटरसाइकल , से.४ प.३१३३ नम्बर राखिएको १२५ सिसी डिस्कभर मोटरसाइकल भन्सार चलान गरेको हो ।

 

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दका अनुसार मोटरसाइकल मात्रै नभई यश अघि एउटा बोलेरो कार पनि पुनर्वासबाट नियन्त्रणमा लिई भन्सार पुर्‍याएको बताउनुभयो । आफ्नो नगर भित्रका सबै स्थानीयहरुको साथ र सहयोगबाट चोरीका गाडी समात्नमा सफल भए ,अझै आफ्नो कार्यकाल अवधीभर यस्तै सहयोग मिले बेलौरी नगरपालिका भरिमा चोरी गाडीको नाम निशाना नै नराख्ने उहाँले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.