पुनर्वासको बिचफाँटामा एकैदिन तीस छाउगोठ भत्काइयो (भिडियो सहित )

हरिलाल जोशी
पुनर्वास , माघ ५
देशभर छाउगोठ भत्काईरहदा कंचनपुरको पुनर्वास नगरपालिका-९ बिचफाटामा पनि महिनावारी भएका बेला महिलाहरुलाई अलग्गै सुत्न बनाइएका छाउगोठहरु भत्काईएका छन ।

आइतबार पुनर्वास नगरपालिकाकी उपमेयर शारदा बिष्ट , वडा अध्यक्ष नारायण प्रसाद जैशी , कार्यपालिका सदस्य एबम नगर प्रबक्ता भारमल सुनार ,कार्यपालिका सदस्यहरु , महिला स्वास्थ्य स्वयंसेवीका ,प्रहरी निरीक्षक वकिल बहादुर सिंह सहितको प्रहरी टोली ,स्थानिय परोपकार युवा क्लबका पदाधिकारी र स्थानिय पत्रकारहरुको संयुक्त पहलमा तीस ओटा छाउगोठ भत्काएका हुन ।

सुदुर तथा मध्यपश्चिममा कुसंस्कारको रूपमा रहेको यो प्रथामा महिनावारी भएको समयमा महिलाहरुलाई ५ देखि ७ दिन सम्म घर देखि पर छाउगोठमा राख्ने परम्परा छ । छाउ भएपछी घरमा बस्नु हुन्न देविदेवताहरु ले सराप्छन भन्ने सुदुर तथा मध्यपश्चिमका जनताको जन बिश्वास रहेको छ ।

अहिलेको एक्काइसौं शताब्दीमा पनि परापुर्व कालको जस्तै महिलाहरू छाउगोठमा सुत्ने रुढीबादी परम्पराले अकालमै ज्यान गुमाउँनुपर्ने र बलात्कृत हुनुपर्ने जस्ता घटनाबाट जोगिन नेपाल सरकारले देशैभरीका छाउगोठ भत्काउने अभियान सुरु गरेको छ ।

छाउगोठ भत्काउदै पुनर्वास नगरपालिकाकि नगर उपप्रमुख शारदा बिष्ट धामीले छाउ भएपछि यस्ता अव्यवस्थित छाउगोठमा नबस्न आग्रह गर्नुभएको छ । अव्यवस्थित छाउगोठमा सुत्दा सर्प र अन्य बिषालु जिवहरुको टोकाईबाट अकालमा ज्यान जान सक्ने र बलात्कृत जस्ता घटनाको बढोन्नती हुने बताए ।

छाउगोठ भत्काए पछि त्यस क्षेत्रका कतिपय स्थानीयले राम्रो काम गर्नुभयो भन्दै प्रशंसा र स्याबासी दिएका थिए । भने अधिकांश स्थानियहरु आक्रोशित बन्दै छाउगोठ भत्काउन सक्नेले जाँडरक्सी बन्द गर्नुस “हामी छाउगोठबाट असुरक्षित होइन , जडियाबाट असुरक्षित छौँ ” भन्दै चर्को स्वरमा बिरोध गरेका थिए ।

छाउगोठ पुनर्वास नगरपालिका १,२ र ९ नम्बर वडामा व्यापक रुपमा रहेको पुनर्वास नगर कार्यपालिका सदस्य
सुरेश गजुरेलले जानकारी दिए ।

         हेर्नुस भिडियो !

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.