सुदुरपश्चिम दलित एकता समाज भारतद्वारा पुनर्वासका दुई ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

हेल्लो समाचारदाता
पुनर्वास – पुनर्वासका दुई ब्लड क्यान्सर पीडित बालिकालाई सुदुरपश्चिम दलित एकता समाज भारत आन्द्रा प्रदेश तिरुपती राज्य समितिले आर्थिक सहयोग गरेको छ ।

विगत केही समय देखि ब्लड क्यान्सरबाट ग्रसित भै भक्तपुरको ब्लड क्यान्सर अस्पतालमा उपचार्थ रहेका पुनर्वास नगरपालिका-६ कि १४ वर्षिया अंकिता तामाङ र काठमण्डौको बाल कान्ति अस्पतालमा उपचार्थ रहेकि पुनर्वास नगरपालिका -८ कि ५ वर्षिया झरना बोगटीको उपचारमा केही राहत होस भन्ने ध्येयले आर्थिक सहयोग गरेको समितिका अध्यक्ष श्याम सुन्दर विश्वकर्माले जानकारी दिए ।

समितिले आफ्ना सदस्यहरुबाट संकलन गरेको रकमबाट पुनर्वासका दुई ब्लड क्यान्सर पीडित अङ्किता तामाङ र झरना बोगटीलाई जनही आठ /आठ हजारका दरले छुट्टयाएको आर्थिक सहयोग शनिबार समितिका कोषाध्यक्ष रमेश बिश्वकर्माले प्रत्यक्ष भेटेर पुनर्वासका सामाजिक अभियानता रुपेश बि.क.लाई हस्तान्तरण गरेको छ ।

सामाजिक अभियानता रुपेश बि.क.ले यस्तो बिपत्तिमा उनीहरुलाई सम्झेर सहयोग गर्नुहुने सुदुरपश्चिम दलित एकता समाज भारतलाई धन्यवाद दिदै आगामी दिनमा पनि नेपाल र नेपाल बाहिर सञ्चालन हुने सबै सामाजिक कार्यमा सहयोग गर्नुहुनेछ भने अपेक्षा राखेको बताए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.