पुनर्वासको टाउनमा उत्तरायणी मेलाको उद्घाटन गर्दै माननीय तारा लामा तामाङले खेले देउडा

हेल्लो समाचारदाता
पुनर्वास – सुदुरपश्चिमेलीहरुको उत्तरायणी पर्वको उपलक्ष्यमा कञ्चनपुरको पुनर्वासमा आयोजित उत्तरायणी मेलाको उद्घाटन गर्दै माननीय तारा लामा तामाङले देउडा खेल्नु भएको छ ।

निरन्तर दिनभरी चलिरहेको झरीको वास्ता नगरी शुक्रबार मेलाको उद्घाटन गर्न पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास जनता माध्यमिक बिधालयको प्राङ्गणमा पुग्नुभएका प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले उत्तरायणी मेलाको उद्घाटनसंगै देउडा खेलमा पैतल मिलाउदै रमाउनु भएको हो ।

सुदुरपश्चिम साँस्कृतिक मञ्च पुनर्वासले आयोजना गरेको उत्तरायणी मेलामा कृष्ण बहादुर रोकायाको सभाध्यक्ष तथा प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको प्रमुख आतिथ्य रहेको थियो । भने विशिष्ट अतिथि र अतिथिमा विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

शुक्रबारबाट सुरु भएको सो देउडा कार्यक्रम शनिबार साझ सम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष कृष्ण बहादुर रोकायाले जानकारी दिनुभयो ।

सो उत्तरायणी मेलामा भोलि सुदुरपश्चिम तथा मध्यपश्चिममै चर्चित देउडा गायकको रुपमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका कालिकोट निवासी गायक नेत्रराज शाही र बझाङ जिल्लाकी देउडा गायिका केसरी बोहराको उत्कृष्ट प्रस्तुति रहने उपस्थिति रहने आयोजक समितिका अध्यक्ष कृष्ण बहादुर रोकायाले जानकारी दिनुभयो ।

उत्तरायणी पर्व बिशेष गरेर सुदुरपश्चिममा युवती-युवतीहरु दुलहा र दुलहीको रुपमा सिंगारिएर विवाह गर्ने प्रचलन रहेको छ । त्यस्तै आज सो मेलामा पनि युवती-युवतीहरु दुलहा र दुलही भएका थिए । त्यसै क्रममा माननीय तारा लामा तामाङले दुलहा र दुलहीलाई टीका लगाई दक्षिणा दिनुभएको थियो ।

सुदुरपश्चिम तथा मध्यपश्चिममै चर्चित देउडा गायकको रुपमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका कालिकोट निवासी गायक नेत्रराज शाही र बझाङ जिल्लाकी देउडा गायिका केसरी बोहराको उपस्थिति रहने आयोजक समितिका अध्यक्ष कृष्ण बहादुर रोकायाले जानकारी दिनुभयो ।
शुक्रबार बिहान १० बजेबाट सुरु हुने देउडा कार्यक्रममा सहभागीताका लागि सम्पूर्ण देउडा प्रेमी महानुभावहरुलाई आयोजक समितिका अध्यक्ष रोकायाले अनुरोध गर्नुभएको छ ।

समितिका सद्स्य यादव खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव भक्त बहादुर रोकायाले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.